कारोबार


आज अवरुद्ध छन् यी ३ सडक

आज अवरुद्ध छन् यी ३ सडक

फाइल फोटो


नेपालखबर
जेठ २६, २०८३ मंगलबार ८:५, काठमाडौँ

बाढी-पहिरोको जोखिमको कारण काठमाडौँको सतुंगल-चित्लाङसहित देशका ३ सडक आज पनि अवरुद्ध छन्। एउटा सडकमा एकतर्फी सवारी चलिरहेका प्रहरीले जनाएको छ। 

काठमाडौँको चन्द्रागिरि नगरपालिका-९ देउरालीमा सडक मर्मत कार्य जारी रहेकाले सतुंगल-चित्लाङ सडक अहिले बन्द छ। यो सडक एक महिना नै बन्द रहने प्रहरीले जनाएको छ। 

त्यसैगरी सम्भावित बाढीको जोखिम रहेकाले खुर्कोट-नेपालथोक कटुन्जेबेँसी (बीपी राजमार्ग) भएर चल्ने सवारी साधन सञ्चालनमा रोक लगाइएको प्रहरीले जनाएको छ। 

उता बाढीको जोखिम बढेपछि पाँचथरको याङवरक गाउँपालिकाका- ३ ठाउँमा मध्यपहाडी राजमार्ग पूर्णरुपमा अवरुद्ध भएको छ। 

भोजपुरमा मध्यपहाडी लोकमार्गमा एकतर्फी मात्रै गाडी चलिरहेका छन्। 

हेर्नुहोस् अवरुद्ध र एकतर्फी सडकको सूची

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad