ad ad

कारोबार


नर्भिकद्वारा नारी दिवसको अवसरमा उपचारमा भारी छुट

नर्भिकद्वारा नारी दिवसको अवसरमा उपचारमा भारी छुट

नेपालखबर
फागुन १९, २०७९ शुक्रबार १३:४, काठमाडौँ

नर्भिक इन्टरनेशनल हस्पिटलले यसपटकको नारी दिवसको अवसर पारेर विभिन्न उपचारसेवा र हेल्थ प्याकेजहरुमा भारी छुटको स्कीम सार्वजनिक गरेको छ। 

निजी क्षेत्रबाट अन्तर्राष्टियस्तरको गुणस्तरीय उपचार सेवा दिँदै आएको नर्भिक हस्पिटलले आगामी मार्च ८ (फागुन २४ गते) पर्ने नारी दिवसको अवसर विशेष छुटको स्किम सार्वजनिक गरेको हो। 

नर्भिकमा उपलब्ध फिमेल वेलनेसका प्याकेजहरुमा नर्भिकले ६ मार्चदेखि १३ मार्चसम्म (एक साता)का लागि १५ प्रतिशत छुट दिनेछ। 

सो अवधिमा महिलाहरुको स्तनको जाँचका लागि गरिने विशेष एक्सरे (म्यामोग्राफी) गर्दा लाग्ने शुल्कमा २५ प्रतिशत छुट उपलब्ध हुने अस्पतालले जनाएको छ। 

यस्तै, नारी दिवसकै अवसर पारेर नर्भिक कस्मेटिक एण्ड डर्माटोलोजी सेन्टरले हाइड्रा फेसियल तथा पर्मानेन्ट हेयर रिडक्सनका लागि गरिने लेजर उपचार सेवाको शुल्कमा २५ प्रतिशत छुट दिइने गरी अर्को स्किम समेत सार्वजनिक गरिएको छ।

यो स्किम पनि मार्च ६ देखि १३ सम्म नै रहनेछ । यी सबै खालका स्किमहरुमा उपलब्ध छुटको सेवा ७ दिन (६ मार्चदेखि १३ मार्चसम्म) मात्र रहने अस्पतालले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .