ad ad

कारोबार


‘हिमालयन इन्क्युबेटर’ सुरु, उद्यमी र स्टार्टअपहरुलाई यस्ता फाइदा

‘हिमालयन इन्क्युबेटर’ सुरु, उद्यमी र स्टार्टअपहरुलाई यस्ता फाइदा

नेपालखबर
फागुन १९, २०७९ शुक्रबार १३:३९, काठमाडौँ

हिमालयन बैंकको सब्सिडरी कम्पनी हिमालयन क्यापिटल लिमिटेडले ‘हिमालयन इन्क्युबेटर’ सुरु गरेको छ। 

प्रविधि स्टार्टअपको रुपमा ल्याइएको यसले उद्यमीलाई निःशुल्क वर्कस्पेस, तालिम र मार्गदर्शन उपलब्ध गराउने कम्पनीले जनाएको छ। 

यसबाट स्टार्टअपहरुले संस्थाको परामर्श र अनुसन्धान विभागबाट निरन्तरको अन्तर्क्रिया र मार्गदर्शन पाउने जनाइएको छ। 

स्टार्टअपहरु र उद्यमीहरुलाई कम्पनी सञ्चालनसम्बन्धी संरचनागत तालिमहरु, व्यवसायको मोडल, लगानी वृद्धिका उपाय यसले सुझाउनेछ।

इन्क्युबेटर स्टार्टअपका माध्यमबाट उद्यमीलाई लगानीकर्ता, आपूर्तिकर्ता, ग्राहक र अन्यसँग नेटवर्क बनाउन र जोड्न प्लेटफर्म प्रदान गरिने कम्पनीले जनाएको छ। 

यसले कम्पनीहरुलाई प्रभावकारी नेटवर्क बनाएर राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारमा एक्सपोजर पाउन सहज हुने कम्पनीको विश्वास छ। 

इन्क्युबेटर प्रोग्राम पूरा गर्ने स्टार्टअपहरुलाई हिमालयन क्यापिटल लिमिटेडले मान्यता दिनेछ भने आफ्नो व्यवसाय उपक्रममा लगानीका लागि समेत सहयोग गर्नेछ। 

इच्छुक स्टार्टअपहरु र उद्यमीले कम्पनीको वेबसाइटबाट फर्म भरेर सहभागी हुनसक्नेछन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .