ad ad

कारोबार


सगरमाथा लुम्बिनी इन्स्योरेन्सको वरिष्ठ डेपुटीमा नियुक्त भइन् वरिष्मा

सगरमाथा लुम्बिनी इन्स्योरेन्सको वरिष्ठ डेपुटीमा नियुक्त भइन् वरिष्मा

नेपालखबर
चैत १, २०७९ बुधबार २२:२९, काठमाडौँ

सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनीको वरिष्ठ डेपुटी सीईओमा वरिष्मा साउद आचार्य नियुक्त भएकी छिन्। 

फागुन २९ गते बसेको कम्पनी सञ्चालक समितिको बैठकले आचार्यलाई कम्पनीको वरिष्ठ डेपुटी सीईओमा नियुक्त गरेको हो।

यसअघि उनी साबिकको लुम्बिनी जनरल इन्स्योरेन्सको डेपुटी सीईओको रुपमा कार्यरत थिइन्। 

सगरमाथा इन्स्योरेन्स र लुम्बिनी जनरल इन्स्योरेन्स एक आपसमा गाभिएसँगै कम्पनी सञ्चालक समितिको बैठकले आचार्यलाई नयाँ कम्पनीको वरिष्ठ डीसीईओ पदमा आचार्यलाई नियुक्त गर्ने निर्णय गरेको हो।

नवनियुक्त वरिष्ठ डीसीईओ आचार्यसँग नेपाली बीमा क्षेत्रमा दुई दशक बढी काम गरेको अनुभव छ। त्यसअघि उनी शिखर इन्स्योरेन्समा डेपुटी जनरल म्यानेजरको रुपमा कार्यरत थिइन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .