ad ad

कारोबार


७ टिमका ५० जनाले पाए हिमाल चढ्ने अनुमति

७ टिमका ५० जनाले पाए हिमाल चढ्ने अनुमति

फाइल तस्बिर


नेपालखबर
चैत ५, २०७९ आइतबार १७:४९, काठमाडौँ

हिमाल आरोहणमा ५० जनाले अनुमति पाएका छन्। पर्यटन विभागले वसन्त ऋतुको लागि ७ टिमको ५० जनाले अनुमति पाएका हुन्। 

५ हिमालको लागि ३३ पुरुष र १७ महिलाले अनुमति पाएका छन्। आरोहणमा सबैभन्दा बढी अन्नपूर्ण १ मा बढीले अनुमति लिएका छन्। 

अन्नपूर्णको लागि ३४ जना, सुर्मा सरोभरमा २, पंगरी गोल्डुम्बा ६, मनास्लु ३ र थोरोङ पिक ५ जनाले अनुमति पाएका छन्। 

पर्यटन विभागले अनुमति शुल्कबाट १ करोड २८ लाख रोयल्टी उठाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .