ad ad

कारोबार


सातवटै प्रदेशमा उद्योग वाणिज्य महासंघको अध्यक्ष चयन

सातवटै प्रदेशमा उद्योग वाणिज्य महासंघको अध्यक्ष चयन

नेपालखबर
चैत १०, २०७९ शुक्रबार १९:१४, काठमाडौँ

नेपाल उद्योग वाणिज्य महासंघको प्रदेश अध्यक्षहरुमा अध्यक्षहरु सर्वसम्मत निर्वाचित भएका छन्। 

बिहीबारसम्म  ७ वटै प्रदेशको नेतत्व चयन भएको हो। 

महासंघको कोशी प्रदेशमा राजेन्द्र राउत,  कर्णाली प्रदेशमा पदमबहादुर शाही, लुम्बिनी प्रदेशमा कृष्णप्रसाद शर्मा सर्वसम्मत अध्यक्षमा चयन भएका छन्। 

यसैगरी बागमती प्रदेशमा दिलसुन्दर श्रेष्ठ, सुदूरपश्चिम प्रदेशमा शंकर बोगटी, मधेश प्रदेशमा अशोक टेमानी अध्यक्षमा सर्वसम्मत चयन भएका छन्।

यता गण्डकी प्रदेशमा गोलाप्रथाबाट अमृत भट्टचन अध्यक्षमा निर्वाचित भएका छन्।  

विशेषगरी जिल्ला नगरमा महासंघको प्रदेश अध्यक्षहरुको ठूलो प्रभाव हुन्छ। 

वरिष्ठ उपाध्यक्षमा जिल्ला नगरको मत भार ५० प्रतिशत रहन्छ भने एसोसिएट्सको ३० र वस्तुगतको २० प्रतशित मतभार रहन्छ। जसका कारण वरिष्ठ उपाध्यक्षमा निर्वाचित हुनका लागि जिल्ला नगरको ठूलो भूमिका रहन्छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .