ad ad

कारोबार


एभरेष्ट बैंकद्वारा विभिन्न स्थानमा वित्तीय साक्षरता कार्यक्रम

एभरेष्ट बैंकद्वारा विभिन्न स्थानमा वित्तीय साक्षरता कार्यक्रम

नेपालखबर
चैत १२, २०७९ आइतबार १८:२१, काठमाडौँ

एभरेष्ट बैंकले मार्च २० देखि २६ सम्म आयोजित ग्लोबल मनी विक २०२३ भव्य रुपमा मनाएको छ। 

बैंकले ७ वटै प्रदेशका विभिन्न शाखामार्फत विभिन्न स्थानमा वित्तीय साक्षरता कार्यक्रमको आयोजना गरी मनाएको हो।

सो कार्यक्रमबाट युवा अवस्थादेखि नै पैसा बुद्धिमानी पूर्वक व्यवस्थापन गर्न सिक्न, यसले भविष्यको लागि बचत गर्न र परिवारमा आर्थिक सहयोग पुर्‍याउने मदत गर्ने विश्वास बैंकले लिएको छ। 

साथै किशोर/किशोरी तथा युवा/युवतीको वित्तीय ज्ञान, सीप, मनोवृत्ति र व्यवहारमा सुधार ल्याई वित्तीय सक्षमता अभिवृद्धिका माध्यमले विवेकशील वित्तीय निर्णय लिन सघाउने र यसको माध्यमबाट हरेक व्यक्तिको आर्थिक समृद्धिमा योगदान गर्नु यो कार्यक्रमको मुख्य उद्देश्य हो।

पंजाब नेशनल बैंक भारत संग संयुक्त साझेदार रहेको तथा स्थापनाकालदेखि नै ग्राहकहरुको पहिलो रोजाइको यस बैंकमा हालसम्म करिब १३ लाखभन्दा बढी सन्तुष्ट ग्राहकहरु रहेका छन्। 

देशैभर छरिएर रहेको आफ्नो १२४ शाखा संजाल, ३ एक्सटेन्सन काउण्टर, ७ प्रादेशिक कार्यालयहरु, १६० एटीएमसहित विश्वव्यापी नेटवर्कबाट अत्याधुनिक मोबाइल, इन्टरनेट र एसएमएस बैंकिङ सुविधा प्रदान गर्दै आइरहेको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .