नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल तरुण दलले सिन्धुपाल्चोकको जुगल गाउँपालिकाको एक परिवारलाई एक लाखभन्दा बढी आर्थिक सहयोग गरेको छ।
जुगल गाउँपालिका–३ मा करेन्ट लागेर मृत्यु भएकी १४ वर्षीया बालिका नोर्ची वाङ्मु लामाको परिवारलाई तरुण दलले १ लाख ५ हजार रुपैयाँ सहयोग गरेको हो।
नोर्चीको परिवारलाई तरुण दल सिन्धुपाल्चोकका अध्यक्ष सञ्जय लामाले आर्थिक सहयोग हस्तान्तरण गरेका छन्।
चैत १५, २०७९, बुधबार
183
Shares
प्रतिक्रिया