ad ad

खेल


कप्तान डी ब्रुएने चम्किँदा बेल्जियमले हरायो जर्मनीलाई

कप्तान डी ब्रुएने चम्किँदा बेल्जियमले हरायो जर्मनीलाई

नेपालखबर
चैत १५, २०७९ बुधबार ११:४७, काठमाडौँ

कप्तान केभिन डी ब्रुएने चम्किँदा बेल्जियमले पूर्वविश्वविजेता जर्मनीविरुद्ध रोचक जित दर्ता गराएको छ।

गएराति भएको मैत्रीपूर्ण भिडन्तमा डि ब्रुएनेको प्रेरणामा बेल्जियमले जर्मनीलाई ३-२ गोलको नतिजासहित हराएको हो।

बेल्जियमलाई जिताउने क्रममा डि ब्रुएनेले दुईवटा गोलका लागि अवसर निकालिदिए भने एक गोल आफैँ गर्न सफल भए।

जर्मनीलाई उसकै घरेलु मैदान कोल्नमा हराउने क्रममा बेल्जियमका लागि यान्निक कारास्को, रोमेलो लुकाकु र केभिन डी ब्रुएनेले एक एक गोल गर्न सफल भए।

पराजित जर्मनीका निकलस फुलक्रुग र सर्ज जिनाब्रीको नाममा एक एक गोल रह्यो।

उक्त खेलमा अग्रता पनि बेल्जियमे नै लिएको थियो। उसका लागि खेलको छैटौँ मिनेटमा यान्निक कारास्कोले ब्रुएनेको पासमा अग्रता दिलाए।

त्यसपछि डी ब्रुएनेको पासमै रोमेलो लुकाकुले गोल गरेपछि बेल्जियम सुरुवातमै २–० ले अघि बढ्यो। 

तर पहिलो हाफको अन्तिम समयमा जर्मनी खेलमा फर्किन खोज्यो। उसका लागि खेलको ४४औँ मिनेटमा निकलस फुलक्रगले पेनाल्टीबाट गोल गरेर खेललाई २-१ मा ल्याए। 

तर खेलको दोस्रो हाफमा पनि बेल्जियमले आफ्नो प्रभाव देखायो। उसका लागि खेलको ७८औँ मिनेटमा डी ब्रुएनेले लियानद्रो ट्रोसार्डको पासमा गोल गरेपछि नतिजा ३-१ मा पुग्यो।

तर फेरि जर्मनी खेलमा फर्कियो। उसका लागि ८७औँ मिनेटमा सर्ज जिनाब्रीले गोल गरेपछि खेल ३–२ मा आयो। तर त्यसपछि जर्मनीले गोल थप्न नसक्दा बेल्जियम विजयी हुन पुग्यो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .