सुनको मूल्य आज तोलामा ५ सय रुपैयाँले बढेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुन १ लाख ८ हजार ५ सय र तेजाबी सुन १ लाख ८ हजार रुपैयाँमा कारोबार भएको हो।
अघिल्लो दिन दुवै सुनको मूल्य क्रमशः १ लाख ८ हजार र १ लाख ७ हजार ५ सय रुपैयाँ थियो।
त्यस्तै आज चाँदी पनि तोलामा १० रुपैयाँ महँगो भएको छ। महासंघका अनुसार चाँदी आज १ हजार ३ सय ६५ रुपैयाँ तोलामा कारोबार भएको हो।
चैत १५, २०७९, बुधबार
प्रतिक्रिया