निर्जीवन बीमाको कारोबार गर्दै आएको प्रुडेन्सियल इन्स्योरेन्स कम्पनी लिमिटेडको एक्काईसौं वार्षिक साधारण सभा दियालो लर्डस प्लाजा, वीरगञ्ज, पर्सामा गरिएको छ।
सो साधारणसभाले सञ्चालक समितिको तर्फबाट अध्यक्ष विशाल अग्रवालद्वारा प्रस्तुत आर्थिक वर्ष २०७८/७९ को वार्षिक प्रतिवेदन सर्वसम्मत पारित गरेको हो।
कम्पनीको सञ्चालक समितिले प्रस्ताव गरेबमोजिम कम्पनीको एक्काईसौँ वार्षिक साधारणसभाबाट ३.३२५ प्रतिशत बोनस सेयर र ०.१७५ प्रतिशत कर प्रयोजनार्थ नगद लाभांश दिने प्रस्ताव सर्वसम्मतिबाट पारित भएको छ ।
साबिक १ अर्ब १८ करोड ६१ लाख ४४ हजार ८ सय १९ रुपैयाँ चुक्ता पुँजीबाट बोनस सेयरपश्चात् कम्पनीको चुक्ता पुँजी १ अर्ब २२ करोड ५५ लाख ८४ हजार १ सय ३४ रुपैयाँ हुनेछ।
27
Shares
प्रतिक्रिया