ad ad

समाज


सशस्त्र प्रहरी प्रवक्ताको जिम्मेवारी एसएसपी खड्कालाई

सशस्त्र प्रहरी प्रवक्ताको जिम्मेवारी एसएसपी खड्कालाई

नेपालखबर
चैत १६, २०७९ बिहिबार १८:८, काठमाडौँ

सशस्त्र प्रहरी बल नेपालको प्रवक्ता तथा सूचना अधिकारीको जिम्मेवारी सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) राजेन्द्र खड्कालाई दिइएको छ।

यसअघि प्रवक्ता तथा सूचना अधिकारी रहेका सशस्त्र प्रहरी नायव महानिरीक्षक (डीआईजी) पुरुषोत्तम थापाको सशस्त्र प्रहरी बल नेपाल नम्बर ९ पशुपतिनाथ बाहिनी मुख्यालय काठमाडौंमा सरुवा भए पश्चात बरिष्ठ उपरीक्षक खड्कालाई उक्त जिम्मेवारी दिइएको सशस्त्रले जनाएको छ।

संगठनसँग सम्बन्धित सूचना तथा जानकारीको लागि प्रवक्ता खड्कालाई मोबाइल नम्बर ९८५१२७२००७ र इमेल ठेगाना [email protected] मा सम्पर्क गर्न सकिने छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .