राजनीति


चिनियाँ राजदूत सोङ्ग र वरिष्ठ उपाध्यक्ष पोखरेलबीच भेटवार्ता

चिनियाँ राजदूत सोङ्ग र वरिष्ठ उपाध्यक्ष पोखरेलबीच भेटवार्ता

भेटका क्रममा वरिष्ठ उपाध्यक्ष पोखरेल र चिनियाँ राजदूत सोङ्ग। तस्बिर : ईश्वर पोखरेलको सचिवालय


नेपालखबर
चैत १६, २०७९ बिहिबार १८:२२, काठमाडौँ

नेकपा (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल र जनवादी गणतन्त्र चीनका राजदूत चेन सोङ्गबीच बिहीबार भेटवार्ता भएको छ।

वरिष्ठ उपाध्यक्ष पोखरेललाई भेट्न राजदूत सोङ्ग पोखरेल निवास धापासी पुगेका हुन्।

पोखरेल र सोङ्गबीच दुई देशको सम्बन्धसहितका विषयमा महत्वपूर्ण छलफल भएको उनको सचिवालयले जनाएको छ।

दुई देश र जनताबीचको सम्बन्धलाई थप सुदृढ बनाउने विषयमा वरिष्ठ उपाध्यक्ष पोखरेल र राजदूत सोङले वार्ताका क्रममा जोड दिएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .