नेपाल निर्यात परिषद्ले पुष २२ गते (मंगलबार) निर्यात दिवस मनाउने भएको छ। परिषद्ले आइतबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा पुष २२ गते ‘चौथो निर्यात दिवस २०७६’ मनाउने जानकारी दिएको हो।
निर्यात दिवसले व्यवसायीक समस्या समाधानका लागि ऐम्यबद्धता कायम गर्ने, आयातमुखी बजारलाई निर्यातमुखी बनाउन सहयोग गर्ने लगायतका उद्देश्य राखेको परिषद्का अध्यक्ष सुरेन्द्र कुमार श्रेष्ठले बताए। उनले बैंक ब्याजदर उच्च हुनु, उत्पादन लागत बढ्दै जानु र कर प्रणालीमा अझैपनि समस्या रहनुले उत्पादन बढन् नसक्दा निर्यात न्यून रहेको बताए। निर्यात दिवसले निर्यातमा हुने समस्याहरु सम्बन्धमा सरकारको ध्यानाकर्षण गर्न सहयोग पु-याउने समेत उनले बताए।
निर्यात दिवस नेपाल निर्यात परिषद्को आयोजना, व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रको सहयोग र नेपाल हस्तकला महासंघको सह आयोजनामा मनाउन लागिएको अध्यक्ष श्रेष्ठले जानकारी दिए।

प्रतिक्रिया