उनले महँगो फ्ल्याट खरिद गरेका छन्। उनीसँग दर्जनौं विश्वका महँगा कारहरु छन्।
छुट्टीमा घुम्न जाँदा धेरै खर्च गर्न रुचाउने रोनाल्डोले हालै विश्वकै महँगो घडी खरिद गरेका छन्।
रोलेक्स ब्रान्डको रोलेक्स जीएमटी मास्टर आइस घडी लगाएको अवस्थामा रोनाल्डो देखिएका छन्।
यस घडीमा १८ क्यारेड ह्वाइट गोल्ड र हिरा जडान गरिएको छ। यस घडीको मूल्य ३ लाख ७१ हजार पाउन्ड भएको जनाइएको छ।
फोर्ब्सले हालै सार्वजनिक गरेको सूचीअनुसार क्रिस्टियानो रोनाल्डोले पछिल्लो दशकमा ५ सय ४८ मिलियन पाउन्ड कमाएका छन्।
एक दशकयता सबैभन्दा बढी पैसा कमाउने रोनाल्डो फ्लोयड मे वेदरपछि दोस्रो खेलाडी हुन्।
मेस्सी यस सूचीमा तेस्रो स्थानमा छन्। एजेन्सी


प्रतिक्रिया