आगामी माघ ९ गते हुने राष्ट्रिय सभा निर्वाचनको लागि प्रदेश २ बाट ८ जनाले मनोनयन दर्ता गराएका छन्। प्रदेश २ मा ४ सीटको लागि चारदलले छुट्टा छुट्टै गठबन्धन बनाइ उम्मेदवारी दर्ता गराएका हुन्।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) र राष्ट्रिय जनता पार्टी नेपाल (राजपा)को गठबन्धनले ४ जनाको उम्मेदवारी दर्ता गराएको छ। नेकपाबाट राधेश्याम पासवान (सर्लाही) र तुल्सा दहाल (सर्लाही) तथा राजपा नेपालबाट मृगेन्द्र सिंह (सप्तरी) र शेखर सिंह (सप्तरी)ले मनोनयन दर्ता गराएका छन्।
यस्तै नेपाली कांग्रेस र समाजवादी पार्टीले संयुक्त रुपमा चारजनाको मनोनयन दर्ता गराएको छन्। कांग्रेसबाट नगिना यादव (महोत्तरी) र भोला पासवान (धनुषा) तथा समाजवादी पार्टीबाट रामपृत पाशवान (सर्लाही) र अनिरुद्ध सिंह यादव (सप्तरी) ले मनोनयन दर्ता गराएका छन्।
खुल्ला तर्फ समाजवादी पार्टीबाट अनिरुद्ध प्रसाद सिंह यादव र राजपाबाट मृगेन्द्र प्रसाद सिंह यादव छन् भने महिलाबाट नेकपाबाट तुलसा दाहाल र नेपाली कांग्रेसबाट नगिना यादवले मनोनयन दर्ता गराएका हुन्।।
यस्तै दलित कोटाबाट दलित समाजवादी पार्टीबाट रामपृत पासवान र नेकपाबाट राधेश्याम पासवानले उम्मेदवारी दिएका छन्। अपाङ्ग तथा अल्पसंख्यकमा नेपाली कांग्रेसबाट भोला पजियार र राजपाबाट शेखर सिंहले उम्मेदवारी दर्ता गराएका छन्।
उम्मेदवारी दर्ता गराउन नेकपा र राष्ट्रिय जनता पार्टीले संयुक्त रुपमा जुलुस प्रदर्शन गर्दै जनकपुरको मुरलीचोक स्थित स्थापना गरिएको निर्वाचन कार्यालयमा पुगेको थियो।
यस्तै नेपाली कांग्रेस र समाजवादी पार्टीले छुट्टाछुट्टै जुलुस प्रर्दशन गर्दै निर्वाचिन कार्यालय पुगेका थिए।
प्रदेश २ बाट खुल्ला, दलित, महिला र अल्पसंख्यक गरी चारजना राष्ट्रिय सभा सदस्यको लागि निर्वाचन हुँदै छ।

यस्तो छ, अंकगणित
राष्ट्रिय सभाका मतदाता गाउँपालिका अध्यक्ष/उपाध्यक्ष, नगरपालिकाको प्रमुख र उपप्रमुख, प्रदेशसभाका सदस्य हुने गर्दछन्। यस हिसाबले प्रदेश २ मा राष्ट्रिय सभा चुनावका लागि २ सय ७८ मतदाता रहेका छन्। जसमा नेकपाको प्रदेशसभा सदस्य ३२ मतदाता र स्थानीय तह ८३ मतदाता गरी सबभन्दा बढी १ सय १५ मतदाता छन्। यस्तै दोश्रोमा नेपाली कांग्रेसको प्रदेशसभा सदस्य १९ र स्थानीय तह ८१ गरी जम्मा एक सय मतदाता छन्।
तेश्रोमा समाजवादी पार्टीको प्रदेशसभा ३० र स्थानीय तह ५२ गरी ८२ मतदाता र राजपा नेपालको प्रदेशसभा सदस्य २५ र स्थानीय तहको ४४ गरी ७९ मतदाता छन्। यस्तै नेपाली जनता दलको स्थानीय तहको स्वतन्त्र मतदाता २ र प्रदेशभाको १ स्वतन्त्र सांसद गरी ३ स्वतन्त्र मतदाता छन्। गणितीय हिसाबले प्रदेश २ मा नेकपा र राजपा नेपालको गठबन्धन मजबुत देखिन्छ।

प्रतिक्रिया