कारोबार


९ हजार रुपैयाँ घुससहित प्रहरी सहायक निरीक्षक पक्राउ

९ हजार रुपैयाँ घुससहित प्रहरी सहायक निरीक्षक पक्राउ

नेपालखबर
बैशाख १, २०८० शुक्रबार १३:९, काठमाडौँ

ईलाका प्रहरी कार्यालय, मिर्चैया, सिरहाको मुद्दा शाखामा कार्यरत प्रहरी सहायक निरीक्षक (असइ) सचिन कुमार भदैसवार घुस रकमसहित पक्राउ परेका छन्।

जबर्जस्ती करणीसम्बन्धी जाहेरी दर्ता गर्ने क्रममा सेवाग्राहीसँग घुस/रिसवत माग गरिरहेको भन्‍ने सूचना एवं उजुरी निवेदनका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, बर्दिवासबाट खटिई गएको टोलीले उनलाई सेवाग्राहीबाट लिएको ९ हजार रुपैयाँ घुससहित नियन्त्रमा लिएको हो।

उनलाई घुस रकम लिइसकेको अवस्थामा मिर्चैया नगरपालिका ५, थानाचोकबाट नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .