कारोबार


१९४ प्रतिशतले आम्दानी बढ्दा पनि होटल क्राउन इम्पेरियल घाटामा

१९४ प्रतिशतले आम्दानी बढ्दा पनि होटल क्राउन इम्पेरियल घाटामा

नेपालखबर
जेठ ११, २०८० बिहिबार १६:५५, काठमाडौँ

४ तारे होटल क्राउन इमेरियलको आम्दानी ६ करोड रुपैयाँ मात्रै रहेको छ। गत आर्थिक वर्षमा कम्पनीको आम्दानी ६ करोड ६० लाख रुपैयाँ रहेको थियो।

रवि भवनमा रहेको क्राउन प्लाजा कोभिड माहामारीअघि ८ करोड कमाउँदा पनि घाटामा रहेको थियो। पछिल्ला ३ वर्ष लगातार घाटामा रहेको छ।

गत आर्थिक वर्ष कम्पनीले १९४ प्रतिशतले आम्दानी बढाउँदा पनि सञ्चालन नाफामा जान सकेन। बैठक, कन्फरेन्सबाट ७२ प्रतिशत आम्दानी र २८ प्रतिशत मात्रै गर्दै आएको छ।

अघिल्लो वर्ष कम्पनीको कोठा अकुपेन्सी दर ८.५३ प्रतिशत रहेको छ। कम्पनीले १ वर्षमा १ करोड ८० लाख घाटा ब्यहोरेको छ।

 ओर्चिड होल्डिङ लिमिटेडले सञ्चालन गरिरहेको होटल १ वर्षअघि पब्लिक कम्पनीमा रुपान्तरण भएको थियो। होटल ९ हजार १३६ वर्ग मिटरमा फैलिएको छ। होटल घाटामा गएपछि ४० करोड रुपैयाँको हकप्रद सेयर जारी गर्दैछ।

चालु आर्थिक वर्षको ८ महिनामा कम्पनीको आम्दानी बढेको छ। साउन देखी फागुन मसान्तसम्म १३ करोड ७० लाख रुपैयाँ सञ्चालन आम्दानी रहेको छ। होटलको अकुपेन्सी २१ प्रतिशतमा पुगेको केयर रेटिङ एजेन्सीले उल्लेख गरेको छ।

कम्पनीको प्रवन्ध निर्देशक सुधिरमान मास्के रहेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .