ad ad

कारोबार


बजेटमा दोस्रोपटक मुसो पसेको सुनेँ, हामीले सुने जस्तो नहोस् : पूर्वअर्थमन्त्री खतिवडा

बजेटमा दोस्रोपटक मुसो पसेको सुनेँ, हामीले सुने जस्तो नहोस् : पूर्वअर्थमन्त्री खतिवडा

इकोनोमी मिडिया सोसाइटी नेपालले गरेको कार्यक्रममा बोल्दै डा. युवराज खतिवडा (तस्बिर : सरोज बैजु)


नेपालखबर
जेठ २२, २०८० सोमबार १९:१८, काठमाडौँ

पर्वअर्थमन्त्री डा. युवराज खतिवडाले बजेटमा दोस्रो पटक मुसो पसेको सुन्नमा आएको बताएको छन्। उनले राजस्वका दरहरुमा नीतिगत भ्रष्टाचारको शंका गर्दै बाहिर आएको जस्तो नहोस् भन्ने कामना गरेका हुन्। 

इकोनोमी मिडिया सोसाइटी नेपालले सोमबार गरेको कार्यक्रममा बोल्दै खतिवडाले बजेटमा दोस्रो पटक मुसो पसेको विषय सुन्नमा आएकाले त्यो भएको नहाोस् भन्ने कामना गरे। 

‘बजेट निर्माणका क्रममा बाहिरी व्यक्ति अग्रह पूर्वाग्रहमा त्यस्तो नगर्नुपर्ने हो’, उनले भने, ‘बजेटमा मुसो पस्यो भनेर बाहिर आएका कुरा सत्य नहोउन्,’ उनले भने। 

उनले बजेट फल्स ग्राउण्ड भनेको कमजोर धरातल रहेको बताउँदै सुन्दा राम्रो भए पनि आर्थिक ऐनको पाना पल्टाउँदै जाँदा यसको असर देखिँदै जाने उल्लेख गरे। 

बजेटको आकार गत वर्षको तुलनामा कम भयो भन्ने विषयमा सत्यता छैन। पहिलेको तुलनामा आकार घटे पनि वास्तविक खर्चको तुलनामा बढेको देखिएको खतिवडाको भनाइ छ। 

पूर्वअर्थमन्त्री खतिवडाले थपे, ‘मैले एउटा कुरा भन्ने गरेको छु, खाना खादा मिठो हुनुपर्छ, ताकि पकाएको हेर्दा राम्रो भएर हुँदैन।’

खतिवडाले आफू अर्थमन्त्री रहँदा संघीयता कार्यान्यवयनमा ठूलो खर्च भएकोले बजेटको आकार बढाउनु परेको बताए। 

‘चालु खर्च टार्न आन्तरिक ऋण उठाउने अवस्था आइसकेको छ’, खतिवडाले भने, ‘खोप किन्न पनि ऋण लिनु परेको छ। तर हामीले ऋण लिएर अनुदान बाड्ने ठाउँमा छौँ। ऋण सही ठाउँमा लगानी भयो कि भएन त्यो कुरा हेर्नु जरुरी छ।’

अहिलेको अवस्थामा अर्थमन्त्रीले गाली खान तयार हुनुपर्ने खतिवडाले बताए। मन्त्रीले सुरुमा गाली खाने हिम्मत गरेमा  दीर्घकालमा नतिजा हेरेर सन्तोष लिनुपर्ने खतिवडाको भनाइ छ।

खतिवडाले पुँजीगत खर्च महालेखाको तथ्यांकमा भएको मात्रै नभइ चालु खर्चका अधिकांश खर्चहरु पुँजीगतमै पर्ने गरेको सुनाए। 

सामाजिक सुरक्षामा दक्षिण एसियामै धेरै राम्रो पोजिसनमा रहेकोले सरकारले केही गर्नै सकेन भनेर भन्न नहुने खतिवडाको भनाइ छ। 

‘मेरो पालामा गुन्द्रुकमा पनि कर लगायो भन्ने आरोप लाग्यो, अहिले आलु र प्याजमा पनि कर लगाइएको छ। यसको पनि नतिजा भोग्न मन्त्रीज्यू तयार रहनु होला’, उनले भने। 

६ अंकको आर्थिक वृद्धिको लक्ष्य भेट्न कठिन नहुने खतिवडाको भनाइ छ। ‘यसका लागि उद्योगीलाई चालपुँजी कर्जा बढाउनु पर्छ। तर आन्तरिक ऋण बढाएर ब्याजदर घटाउ भन्ने अर्थ मन्त्रालयको कुरामा तालमेल भएन’, खतिवडाले भने। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .