कारोबार


७ अंकले बढेको नेप्सेमा ९३ कम्पनीको सेयरमूल्यमा बृद्धि

७ अंकले बढेको नेप्सेमा ९३ कम्पनीको सेयरमूल्यमा बृद्धि

नेपालखबर
जेठ २५, २०८० बिहिबार १५:२३, काठमाडौँ

दिनभर जसो अस्थिर बनेको सेयरबजारमा अन्तिम समय सुखद रहन पुग्यो। कारोबार बन्द हुनु अघि बजार उकालो लाग्दा समग्रमा ७.२७ अंकको बृद्धि देखिएको हो।

बिहीबार १९३३ अंकबाट शुरु भएको बजारले अधिकतम विन्दु १९४६ चुमेपनि १९३९.६१ अंकमा आएर बन्द भएको छ। सामान्य अंकले बढेको बजारमा २ सय ७३ कम्पनीको २ अर्ब ३० करोडको शेयरकारोबार हुँदा ९३ कम्पनीको मात्रै सेयरमूल्य बढेको छ।

बढ्नेमा डोल्टी पावर कम्पनी अगाडि देखिएको छ भने भूगोल इनर्जी दोस्रोमा देखिएको छ। यी दुवै क्रम्पनीको सेयरमूल्यमा सकारात्मक सर्किट लागेको हो।

घट्नेमा भने आज १ सय १४ वटा कम्पनी छन्। जसमा रिभरफल्स पावर कम्पनी र खप्तड लघुवित्त अगाडि छन्। यी दुवै कम्पनीको क्रमश ६.६४ र ३.९४ प्रतिशतले सेयरमूल्य घटेको हो।

कारोबारको आधारमा भने आज आइजीआई प्रुडेन्सियल अगाडि छ।  यसको १० करोडको सेयर खरिद बिक्री भएको हो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .