ad ad

कारोबार


ग्लोबल आईएमई बैंकका ग्राहकलाई लुम्बिनी केबलकारको टिकटमा १० प्रतिशत क्यासब्याक

ग्लोबल आईएमई बैंकका ग्राहकलाई लुम्बिनी केबलकारको टिकटमा १० प्रतिशत क्यासब्याक

नेपालखबर
जेठ २६, २०८० शुक्रबार १५:२७, काठमाडौँ

ग्लोबल आईएमई बैंकका ग्राहकले बैंकको मोबाइल एप्लिकेशन ग्लोबल स्मार्ट प्लसमार्फत लुम्बिनी केबलकारको टिकटमा १० प्रतिशत क्यासब्याक पाउने भएका छन्।

बैंकले रुपन्देही जिल्लाको बुटवलस्थित लुम्बिनी केबलकारको टिकट खरिदमा क्यासब्याक उपलब्ध हुने योजना सार्वजनिक गरेको हो।

यो योजना अन्तर्गत ग्लोबल आईएमई बैंकको मोबाइल एप्लिकेशन ग्लोबल स्मार्ट प्लस प्रयोगकर्ताले बैंकको क्यूआरमार्फत भुक्तानी गर्दा तथा डेबिट/क्रेडिट कार्ड प्रयोगकर्ताले बैंकको पीओएस मेसिनबाट टिकट खरिद गर्दा १० प्रतिशत तथा अधिकतम रु. १०० सम्म क्यासब्याक पाउनेछन्।

यो योजना सिमित अवधिको लागि लागू रहने कम्पनीले जनाएको छ।

ग्लोबल आइएमई बैंक मुलुकका ७७ जिल्लामा शाखा सञ्जाल रहेको निजी क्षेत्रको पहिलो वाणिज्य बैंक हो।

बैंकले ३५७ शाखा कार्यालय, ३५७ एटिएम, ३२२ शाखा रहित बैंकिङ्ग सेवा, ६४ एक्सटेन्सन एवम् राजश्व संकलन काउन्टर तथा ३ वटा वैदेशिक प्रतिनिधि कार्यालयसमेत गरी १,१०० भन्दा बढि सेवा केन्द्रबाट ४० लाख भन्दा बढि ग्राहकहरू माझ सेवा प्रदान गरिरहेको छ।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .