कारोबार


१२ वाणिज्य बैंकको नाफा बढ्दा ९ बैंकले गुमाए (रकम सूचीसहित)

१२ वाणिज्य बैंकको नाफा बढ्दा ९ बैंकले गुमाए (रकम सूचीसहित)

केशर बोगटी
असार ४, २०८० सोमबार १३:१, काठमाडौँ

चालु आर्थिक वर्षको वैशाख मसान्तसम्ममा १२ वाणिज्य बैंकले नाफा कमाएका छन्। बाँकी ९ वटाको नाफा भने घटेको छ।

समग्रमा वाणिज्य बैंकहरूको नाफामा सामान्य गिरावट आएको छ। चालु आवको वैशाख मसान्तसम्म अघिल्लो वर्षको यही अवधिको तुलनामा बैंकहरूको नाफा २.१ प्रतिशतले घटेको हो।

गत वर्ष वाणिज्य बैंकले ५८ अर्ब ३३ करोड ८ लाख रुपैयाँ नाफा कमाएका थिए।  यस वर्ष उक्त नाफा ५७ अर्ब १६ करोड ३ लाख रुपैयाँमा सीमित भएको छ।

चालु आवको सुरुदेखि बैंकहरुमा लगानीयोग्य रकम (तरलता) अभाव सँगै कर्जा प्रवाह खुम्चिँदा त्यसको प्रभाव नाफामा देखिएको छ।

पछिल्लो समय तरलता सहज हुँदै गएको छ, तर पनि बैंकहरू कर्जा प्रवाहमा सुस्त देखिएका छन् । 

चालु आवको वैशाख मसान्तसम्म ९ वाणिज्य बैंकको नाफा घटेको छ।

नाफा रकम

यस अवधिमा सबैभन्दा बढी नाफा नबिल बैंकले कमाएको छ। बढी नाफा कमाउने बैंकहरूमा दोस्रोमा ग्लोबल आइएमई, तेस्रोमा एनआइसी एशिया र चौथोमा राष्ट्रिय वाणिज्य बैंक रहेका छन्। 

नबिल बैंकले नेपाल बंगलादेश बैंकलाई गाभेकाले यसको नाफा झण्डै दोब्बर देखिएको छ। अघिल्लो वर्षको यही अवधिको तुलनामा नाफा २ अर्ब ३० करोड रुपैयाँले बढेको छ।

यस्तै प्रभु बैंकको नाफा यस वर्ष ८२ करोडले बढेकोमा सानीमा बैंकले पनि १७ करोड रुपैयाँले नाफा वृद्धि गरेको छ।

मेगा बैंकसँग मर्ज भएकाले नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको नाफा पनि १ अर्ब ५ करोडले बढेको छ। सिभिल बैंकलाई गाभेको ग्लोबल आईएमई बैंकको पनि नाफा अघिल्लो वर्षको तुलनामा बढेको छ। बैंकको नाफा ४ अर्ब ३१ करोडबाट बढेर ५ अर्ब ३४ करोड रुपैयाँ पुगेको छ।

यसैगरी स्टान्डर्ड चार्टड, हिमालयन बैंक, एभरेष्ट बैंक, लक्ष्मी, एनआईसी एशियाले पनि नाफा कमाएका छन्।

एनसीसी बैंकलाई गाभ्दा पनि कुमारी बैंकको नाफा भने घटेको छ। अघिल्लो वर्ष २ अर्ब ८ करोड नाफा कमाएको कुमारी यस वर्ष १ अर्ब ८१ करोड रुपैयाँमा सीमित भएको छ।

माछापुच्छ्रे, सिद्धार्थ, कृषि विकास, सिटिजन्स, प्राइम कमर्सियल, सनराइज र एनएमबी बैंकले पनि अघिल्लो वर्षको यही अवधिको तुलनामा नाफा गुमाएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .