कारोबार


अधिकांश बैंकले घटाए निक्षेपको ब्याज, कुन खातामा कति दिँदैछन्?

अधिकांश बैंकले घटाए निक्षेपको ब्याज, कुन खातामा कति दिँदैछन्?

फाइल तस्बिर


केशर बोगटी
असार ३१, २०८० आइतबार १३:३६, काठमाडौँ

वाणिज्य बैंकहरुले निक्षेप (बचत) को ब्याजदर घटाएका छन्। वाणिज्य बैंकहरुले २०८० साउनदेखि लागू हुने गरी निक्षेपको ब्याजदर घटाएर सार्वजनिक गरेका छन्। 

नेपाल बैंकर्स संघले लामो सयमदेखि गर्दै आएको ब्याज कार्टेलिङलाई खारेज गरी निक्षेपको ब्याज दर तोक्ने जिम्मा सम्बन्धित बैंकहरुलाई नै दिएको थियो।

यससँगै बैंकहरुले निक्षेपको ब्याज दर घटाएर नयाँ ब्याजदर सार्वजनिक गरिएको हो।

यसअघि साधारण मुद्दती निक्षेपको ब्याज दर ९.९९ प्रतिशत थियो। अघिकांश बैंकहरुले १० प्रतिशतका दरले घटाउन ८.९९ प्रतिशत हाराहारी ल्याएका छन्। 

बैंकहरुले आफ्नो अनुकुलअनुसार हाल कायम ब्याजदरको १० प्रतिशतको दरले घटाउन र बढाउन पाउँछन्। 

नेपाल बैंक
नेपाल बैंकले निक्षेपमा न्यूनतम ४.८६ प्रतिशतदेखि अधिकतम ६.६६ प्रतिशत ब्याजदर तोकेको छ। 

नेपाल बैंकले ब्याक्तिगत मुद्दती निक्षेपतर्फ ८.९९ प्रतिशत र संस्थागत तर्फ ६.९९ प्रतिशत ब्याजदर कायम गरेको छ। बैंकले रेमिट्यान्स फिक्स डिपोजिटमा ९.९९ प्रतिशत ब्याजदर कायम गरेको छ। 

प्रभु बैंक 
प्रभुले साधारण निक्षेपमातर्फ न्यूनतम ४.५० प्रतिशतदेखि अधिकतम ७.५० प्रतिशत ब्याजदर तोकेको छ। 

बैंकले ब्याक्तिगत मुद्दती निक्षेप तर्फ २ वर्षसम्मको निक्षेपमा ९.२५ प्रतिशत र दुई वर्षबढी अवधिको निक्षेपमा ९.५० प्रतिशत तोकेको छ। 

यता संस्थागत मुद्दतीतर्फ दुई वर्षको निक्षेपमा ७.२५ प्रतिशत र दुई वर्ष बढीको अवधिका लागि ७.५० प्रतिशत ब्याजदर कायम गरेको छ। 

बैंकले रेमिट्यान्स फिक्स डिपोजिटमा भने ९.५० प्रतिशत ब्याजदर कायम गरेको छ। बैंकले प्रभु उन्नति मुद्दती (रेमिट्यान्स)मा १०.५० प्रतिशत ब्याजदर कायम गरेको छ। 

लक्ष्मी सनराइज बैंक
लक्ष्मी सनराइज बैंकले साधारण निक्षेपमा न्यूनतम ५.४० प्रतिशतदेखि अधिकतम ७.४० प्रतिशत ब्याजदर तोकेको छ। 

बैंकले ब्याक्तिगत मुद्दती निक्षेपतर्फ ९.९९ प्रतिशत र संस्थागततर्फ न्यूनतम ७.९९ प्रतिशतदेखि अधिकतम ८.४९ प्रतिशत ब्याजदर कायम गरेको छ। बैंकले रेमिट्यान्स फिक्स डिपोजिटमा १०.९९ प्रतिशत ब्याजदर कायम गरेको छ।

एभरेष्ट बैंक
एभरेष्ट बैंकले साधारण निक्षेपमा न्यूनतम ४.७५ प्रतिशतदेखि अधिकतम ६.७५ प्रतिशत ब्याजदर तोकेको छ। रेमिट्यान्स बचतमा भने ७.७५ प्रतिशत ब्याजदर तोकेको छ। 

बैंकले ब्याक्तिगत मुद्दती निक्षेपतर्फ एक वर्ष कमको बचतमा ९ प्रतिशत र एक वर्ष बढी अवधिको बचतमा ९.५० प्रतिशत ब्याजदर तोकेको छ। 

संस्थागततर्फ न्यूनतम ७.५० प्रतिशत ब्याजदर कायम गरेको छ। 

सानिमा बैंक
सानिमा बैंकले साधारण निक्षेपमा न्यूनतम ५.२० प्रतिशतदेखि अधिकतम ७.२० प्रतिशत ब्याजदर तोकेको छ। रेमिट्यान्स बचतमा भने ८.२० प्रतिशत ब्याजदर तोकेको छ। 

बैंकले ब्याक्तिगत मुद्दती निक्षेप तर्फ ३–४ महिनाको मुद्दती निक्षेपमा ९.२५ प्रतिशत र ४ महिना बढीको अवधिको मुद्दती निक्षेपमा १०.२५ प्रतिशत ब्याजदर तोकेको छ। रेमिट्यान्स मुद्दतीमा ९.२५ प्रतिशत ब्याजदर तोकिएको छ। 

कृषि विकास बैंक 
कृषि विकास बैंकले साधारण निक्षेपमा न्यूनतम ५.४० प्रतिशतदेखि अधिकतम ८ प्रतिशत ब्याजदर कायम गरेको छ। 

बैंकले ६ महिना देखि ५ वर्षे अवधिको मुद्दती निक्षेपमा ७.५१ प्रतिशत  र विडिङ मार्फत उठाएको संस्थागत मुद्दती निक्षेपमा ८.०१ प्रतिशत ब्याजदर तोकेको छ। 

ब्याक्तिगत मुद्दती निक्षेपतर्फ बैंकले ९.५१ प्रतिशत ब्याजदर तोकेको छ। रेमिट्यान्स मुद्दतीमा १०.५१ प्रतिशत ब्याजदर तोकेको छ। 

नेपाल इन्भेष्टमेन्ट मेगा बैंक
यस बैंकले भने असारमा कायम रहेको ब्याजदर साउनमा निरन्तरता दिने जनाएको छ। 

राष्ट्रिय वाणिज्य बैंक
राष्ट्रिय वाणिज्य बैंकले साधारण निक्षेपमा न्यूनतम ४.८६ प्रतिशत देखि अधिकतम ६.६६ प्रतिशत ब्याजदर तोकेको छ। त्यस्तै यस बैंकले रेमिट्यान्स बचत खातामा ७.६६ प्रतिशत ब्याजदर तोकेको छ। 

साथै यस बैंकले व्याक्तिगत मुद्दतीतर्फ न्यूनतम ८.९९ र संस्थागततर्फ ६.९९ प्रतिशत ब्याजदर तोकेको छ। 

रेमिट्यान्स मुद्दती खातामा ९.९९ प्रतिशत ब्याजदर तोकेको छ। राष्ट्रिय गौरवका आयोजनामा ३ महिनादेखि ३ वर्ष मुद्दती खातामा ८.९९ प्रतिशत ब्याजदर कायम गरेको छ। 

माछापुच्छ्रे बैंक
माछापुच्छ्रे बैंकले साधारण निक्षेपमा न्यूनतम ४.८५ प्रतिशतदेखि अधिकतम ७.८५ प्रतिशत ब्याजदर कायम गरेको छ। बैंकले रेमिटेयान्स बचत खातामा समेत ७.७५ प्रतिशत ब्याजदर तोकेको छ। 

बैंकले बैंकले व्याक्तिगत मुद्दतीतर्फ न्यूनतम ९ र संस्थागततर्फ ७ प्रतिशत ब्याजदर तोकेको छ। 

ग्लोबल आईएमई बैंक 
ग्लोबल आईएमई बैंकले साधारण बचत खातामा न्यूनतम ५ देखि अधिकतम ७ प्रतिशत ब्याजदर तोकेको छ।

बैंकले रेमिट्यान्स बचत 
बैंकले व्याक्तिगत मुद्दतीतर्फ न्यूनतम ९ प्रतिशतदेखि अधिकतम ९.९९ र संस्थागत तर्फ ७.९९ प्रतिशत ब्याजदर तोकेको छ। रेमिट्यान्सतर्फ मुद्दती खातामा ११.९९ प्रतिशत ब्याजदर तोकेको छ। 

प्राइम कमर्सियल बैंक 
प्राइम कमर्सियल बैंकले साधारण बचत खातामा न्यूनतम ५.९३ प्रतिशत देखि अधिकतम ७.९३ प्रतिशत ब्याजदर तोकेको छ। बैंकले रेमिट्यान्स बचतमा भने ९ प्रतिशत ब्याजदर तोकेको छ। 

बैंकले ब्याक्तिगत तर्फको मुद्दती खातामा १०.९३ प्रतिशत ब्याजदर तोकेको छ। संस्थागततर्फ भने बैंकले ८.९३ प्रतिशत ब्याजदर कायम गरेको छ। रेमिट्यान्स मुद्दतीमा बैंकले १२.५० प्रतिशत ब्याजदर तोकेको छ। 

हिमालयन बैंक
हिमालयन बैंकले साधारण बचत खातामा न्यूनतम ४.४० प्रतिशतदेखि अधिकतम ७.४० प्रतिशशत ब्याजदर तोकेको छ। 

बैंकले ब्याक्तिगततर्फको मुद्दती खातामा न्यूनतम ९.७४ प्रतिशतदेखि अधिकतम ९.९९ प्रतिशत ब्याजदर तोकेको छ। रेमिट्यास मुद्दती बचतमा भने १०.९९ प्रतिशत ब्याजदर तोकेको छ। 

संस्थागततर्फ भने बैंकले न्यूनतम ६.९९ देखि अधिकतम ७.९९ प्रतिशत ब्याजदर तोकेको छ। 

स्टान्डर्ड चाटर्ड बैंक 
स्टान्डर्ड चाटर्ड बैंकले साधारण बचत खातामा न्यूनतम ४.८५ प्रतिशतदेखि अधिकतम ६.४५ प्रतिशत ब्याजदर तोकेको छ। बैंकले रेमिट्यान्स बचत खातमा ७.४५ प्रतिशत ब्याजदर तोकेको छ। 

बैंकले ब्याक्तिगततर्फको मुद्दती खातामा न्यूनतम ७.९५ प्रतिशतदेखि अधिकतम ८.९५ प्रतिशत ब्याजदर तोकेको छ। रेमिट्यास मुद्दती बचतमा भने ९.९५ प्रतिशत ब्याजदर तोकेको छ। 

संस्थागततर्फ भने बैंकले न्यूनतम ५.९५ देखि अधिकतम ६.९५ प्रतिशत ब्याजदर तोकेको छ। 

कुमारी बैंक 
कुमारी बैंकले साधारण बचत खातामा न्यूनतम ५.४० प्रतिशतदेखि अधिकतम ६.४० प्रतिशत ब्याजदर तोकेको छ। 

बैंकले ब्याक्तिगततर्फको मुद्दती खातामा न्यूनतम ९.९० प्रतिशतदेखि अधिकतम १०.०१ प्रतिशत ब्याजदर तोकेको छ। रेमिट्यास मुद्दती बचतमा भने ११.०१ प्रतिशत ब्याजदर तोकेको छ। 

संस्थागततर्फ भने बैंकले न्यूनतम ७.४० देखि अधिकतम ७.५१ प्रतिशत ब्याजदर तोकेको छ।

नेपाल एसबिआई बैंक 
नेपाल एसबिआई बैंकले साधारण बचत खातामा  असारको ब्याजदर नै निरन्तरता दिएको छ। 

बैंकले ब्याक्तिगततर्फको मुद्दती खातामा न्यूनतम ७.२० प्रतिशतदेखि अधिकतम ९.१० प्रतिशत ब्याजदर तोकेको छ।

संस्थागततर्फ भने बैंकले न्यूनतम ६.२० देखि अधिकतम ७.२० प्रतिशत ब्याजदर तोकेको छ।

नबिल बैंक 
नबिल बैंकले साधारण बचत खातामा न्यूनतम ५.९० देखि अधिकतम ७.९० प्रतिशत ब्याजदर तोकेको छ। रेमिट्यान्स बचतमा भने ८.९० प्रतिशत ब्याजदर तोकेको छ। 

बैंकले ब्याक्तिगततर्फको मुद्दती खातामा न्यूनतम ९.४९ प्रतिशतदेखि अधिकतम १०.४० प्रतिशत ब्याजदर तोकेको छ। बैंकले रेमिट्यान्स मुद्दती खातामा भने ११.४९ प्रतिशत ब्याजदर तोकेको छ। 

संस्थागततर्फ भने बैंकले न्यूनतम ७.९९ देखि अधिकतम ८.४९ प्रतिशत ब्याजदर तोकेको छ। 

एनएमबि बैंक 
एनएमबि बैंकले साधारण बचत खातामा न्यूनतम ५.९८ देखि अधिकतम ७.९८ प्रतिशत ब्याजदर तोकेको छ। रेमिट्यान्स बचतमा भने ८.९८ प्रतिशत ब्याजदर तोकेको छ। 

बैंकले ब्याक्तिगत तर्फको मुद्दती खातामा न्यूनतम ९ प्रतिशतदेखि अधिकतम १०.९८ प्रतिशत ब्याजदर तोकेको छ। संस्थागततर्फ भने बैंकले न्यूनतम ७.२५ देखि अधिकतम ७.९९ प्रतिशत ब्याजदर तोकेको छ। 

सिद्धार्थ बैंक 
सिद्धार्थ बैंकले साधारण बचत खातामा न्यूनतम ५ प्रतिशतदेखि अधिकतम ७ प्रतिशत ब्याजदर तोकेको छ। 

बैंकले ब्याक्तिगत तर्फको मुद्दती खातामा न्यूनतम ९.५ प्रतिशत ब्याजदर तोकेको छ।संस्थागततर्फ बैंकले ७.२५ प्रतिशत ब्याजदर तोकेको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .