कारोबार


नेपाल एयरलाइन्सले तिर्‍यो असारको किस्ता

नेपाल एयरलाइन्सले तिर्‍यो असारको किस्ता

नेपालखबर
साउन १, २०८० सोमबार १५:४९, काठमाडौँ

नेपाल एयरलाइन्सले न्यारोबडी र वाइडबडीको ऋण वापतको किस्ता तिरेको छ।

असार महिना वापतको ८३ करोड ९ लाख रुपैयाँ किस्ता कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषलाई तिरेको हो। 

कोभिड माहामारीको समयमा नियमित किस्ता तिर्न नसकेको निगमले पछिल्लो समय नियमित भुक्तानी गरिरहेको छ। गत असारदेखी चैतसम्म निगमले २ अर्ब ९४ करोड रुपैयाँ किस्ता भुक्तानी गरेको थियो। 

निगमले नियमित र आकस्मिक हुने जहाज मर्मत सम्भार खर्च र प्रशासनिक खर्च ब्यहोरेर नगद प्रवाहमा सुधार हुँदै गएको जनाएको छ। 

आम्दानीमा सुधार हुँदै गएपछि निगमले दुर्गम स्थलमा उडान गर्ने नयाँ ३ जहाज खरिद गर्ने प्रक्रिया अघि बढाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad