कारोबार


यूएनमा योजना आयोगका उपाध्यक्षको सम्बोधन- नेपाल जस्तो मुलुकलाई सहयोग गर्नूहोस्

यूएनमा योजना आयोगका उपाध्यक्षको सम्बोधन- नेपाल जस्तो मुलुकलाई सहयोग गर्नूहोस्

नेपालखबर
साउन २, २०८० मंगलबार ११:२७, काठमाडौँ

राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. मीनबहादुर श्रेष्ठले संयुक्त राष्ट्र संघको उच्चस्तरीय राजनीतिक फोरममा नेपाल जस्तो मुलुकलाई सहयोग गर्न अनुरोध गरेका छन्।

उच्चस्तरीय राजनीतिक मञ्च (एचएलपीएफ) मा अल्पविकशित देश (एलडीसी)को तर्फबाट न्युयोर्कमा जारी फोरमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।

यसअघि उनी उपाध्यक्ष नेतृत्वको टिम मञ्चको तीनदिने उच्चस्तरीय सम्मेलनको उद्घाटन सत्रमा समेत सहभागी भएका थिए। फोरमा विभिन्न देशका मन्त्रिस्तरीय प्रतिनिधिहरूको सहभागिता छ। उपाध्यक्ष श्रेष्ठले अल्पविकसित राष्ट्रहरूमा संकटका प्रभावहरू प्रकास पार्दै अल्पविकसित राष्ट्रहरूमा एसडीजीहरूको कार्यान्वयनलाई तीव्रता दिनुपर्ने बताए। 

उनले एलडीसीहरूको लागि दोहा कार्ययोजनाको पूर्ण र समयमै कार्यान्वयन सुनिश्चित गर्न र नवप्रवर्तन र प्रविधि हस्तान्तरणमार्फत् संरचनात्मक रूपान्तरण हासिल गर्न एलडीसीहरूलाई सहयोग गर्न विश्वव्यापी समुदायलाई आग्रह गरे। उपाध्यक्ष श्रेष्ठले वहुपक्षीयताको महत्व र विश्वव्यापी वित्तीय संरचनाको सुधारको आवश्यकतामा जोड दिए। ‘एलडीसीहरू विश्वव्यापी फोकसको केन्द्रविन्दु हुनुपर्छ, एलडीसी सफल भए एसडीसीहरू सफल हुन्छन्’ उनले भने। 

उच्चस्तरीय पोलिटिकल फोरममा सहभागी हुन नेपाली टोली १३ जुलाईमा अमेरिकाको न्यूयोर्क पुगेको थियो। उपाध्यक्ष श्रेष्ठले नेतृत्व गरेको प्रतिनिधिमण्डलमा संघीय सांसद सदस्य तथा राष्ट्रियसभाको दीगो विकास तथा सुशासन समितिका अध्यक्ष प्रकाश पन्थ, संघीय सांसद तथा एमालेका प्रमुख सचेतक महेश कुमार बर्तौला र माओवादी सांसद माधव सापकोटा, योजना आयोगका सदस्य सचिव तोयनारायण ज्ञवाली, नेपाल सरकारका सचिव तथा अधिकारीहरु र संयुक्त राष्ट्र संघका लागि नेपालको स्थायी नियोगका अधिकारीहरु सहभागी छन्।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .