कामना सेवा विकास बैंक लिमिटेडले काठमाडौंको भीमसेनगोलामा शाखा खोलेको छ।
बैंकले गत बुधबार आफ्नो ११७औ शाखा कार्यालय स्थापना गरी कारोबार शुभारम्भ गरेको जनाएको छ।
काठमाडौं –३०, ज्ञानेश्वरमा आफ्नै भवनमा केन्द्रीय कार्यालय रहेको बैंकले देशका विभिन्न भागहरुमा यी शाखासहित १ सय १७ वटा शाखा कार्यालयहरु तथा ६० वटा एटीएममार्फत आफना ग्राहकहरुलाई सेवा प्रदान गर्ने जनाएको छ ।

प्रतिक्रिया