राष्ट्रपति विद्यादेवी भण्डारीका विज्ञ सल्लाहकार सुशील प्याकुरेलले पदबाट राजीनामा दिएका छन्।
शुक्रबार एक विज्ञप्ति जारी गर्दै प्याकुरेलले राजीनामा दिएको घोषणा गरेका हुन्। प्याकुरेलको राजीनामालाई राष्ट्रपति भण्डारीले स्वीकृत गरिसकेको राष्ट्रपति भण्डारीका स्वकीय सचिव भेषराज अधिकारी नेपालखबरलाई जानकारी दिए।
द्वन्द्वकालीन मुद्दामा मुछिएका अग्नि सापकोटालाई सभामुख उम्मेदवार बनाएकोमा असन्तुष्टी जनाउँदै उनले पदबाट राजीनामा दिएको बताइएको छ।
यसअघि मानवअधिकारका क्षेत्रमा क्रियाशील प्याकुरेललाई राजनीतिक, सामाजिक र मानव अधिकारसम्बन्धी सुझाब र सल्लाह दिनेगरी २०७४ चैत ९ गते विज्ञ पदमा नियुक्त गरिएको थियो।
मानवअधिकार संस्था इन्सेकका पूर्व अध्यक्ष प्याकुरेल लामो समय मानवअधिकारको क्षेत्रमा सक्रिय छन्।

प्रतिक्रिया