कारोबार


नेप्सेसँगै बढ्यो कारोबार रकम

नेप्सेसँगै बढ्यो कारोबार रकम

नेपालखबर
असोज ९, २०८० मंगलबार १५:३९, काठमाडौँ

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अङ्कको वृद्धि देखिएको छ। आज नेप्से परिसूचक १८ दशमलव ४५ अङ्कले बढेर दुई हजार २२ दशमलव ९१ को बिन्दुमा कायम भएको हो।

आज विभिन्न कम्पनीका दुई सय ८६ कम्पनीको ८७ लाख चार हजार चार सय ७७ कित्ता शेयर ७८ हजार छ सय १६ पटक खरिदबिक्री हुँदा रू दुई अर्ब नौ करोड ३८ लाख नौ हजार पाँच सय १८ बराबरको कारोबार भएको छ।

होटल तथा पर्यटन समूहको उपसूचक शून्य दशमलव १८ प्रतिशतले घटेको छ भने बाँकी सबै समूहको उपसूचक बढेको छ। सबैभन्दा धेरै जलविद्युत् समूह तीन दशमलव नौ प्रतिशत र वित्त समूहको उपसूचक एक दशमलव ४४ प्रतिशतले बढेको छ।

मेन्छियाम हाइड्रोपावर लिमिटेड र मनकामना इन्जिनियरिङ हाइड्रोपावर लिमिटेडको शेयर मूल्यमा आज सकारात्मक सर्किट लागेको छ। त्यस्तै, शुभम् पावर लिमिटेडको शेयर मूल्य नौ दशमलव ९९ प्रतिशत र मोलुङ हाइड्रोपावर कम्पनीको शेयर मूल्य नौ दशमलव ९६ प्रतिशतले बढेको छ। सबैभन्दा धेरै मूल्य घट्नेमा भने हिमालयन लघुवित्त वित्तीय संस्था लिमिटेड छ। कम्पनीको शेयर मूल्य पाँच दशमलव ८७ प्रतिशतले घटेको छ।

कारोबार रकमका आधारमा आज सबैभन्दा धेरै एनआइसी एसिया बैंक लिमिटेडको रू आठ करोड ३४ लाख ६६ हजार दुई सय २४ बराबरको कारोबार भएको छ। कारोबार भएका शेयर सङ्ख्याका आधारमा हिमाल दोलखा हाइड्रोपावर लिमिटेडको चार लाख १४ हजार आठ सय ५० कित्ता शेयर खरिदबिक्री भएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad