ad ad

कारोबार


छैटौँ तहबाट करिअर थालेकी समताले सम्हालिन् नेपाल बैंक कमान्ड

छैटौँ तहबाट करिअर थालेकी समताले सम्हालिन् नेपाल बैंक कमान्ड

फाइल तस्बिर


केशर बोगटी
असोज २१, २०८० आइतबार १३:१, काठमाडौँ

समता पन्त २०६१ सालमा छैटौँ तहमा नाम निकालेर नेपाल बैंक प्रवेश गरेकी थिइन्। 

बैंक प्रवेश गरेको करिब २ दशकपछि पन्त कायममुकायम सीईआकोे जिम्मेवारी पाएकी हुन्। 

उनी छैटौँ तहबाट सातौं तहमा पुग्दा आठौं र नवौं तहको लागि खुल्लाबाट आवेदन माग्यो। 

खुल्लातिरबाट उनले आठौं र नवौं तहमा नाम निकाल्न सफल भइन्। त्यो बेलामा खुल्लाबाट नाम निकाल्ने पन्त एक्लो महिला थिइन्। 

नवौं तहमा उनको नाम पहिलो नम्बरमा सिफारिस भएको थियो। त्यो समय नै करिअरको माइल स्टोन बनेको पन्त सुनाउँछिन। 

उनी भन्छिन, ‘मेरो लाइफको पहिलो अप्लाई नै नेपाल बैंकमा हो। पहिलो प्रयासमा नाम पनि निस्केर यात्रा प्रारम्भ भयो।’ 

आफूले जागिर सुरु गर्दा बैंकमा महिलाको उपस्थिति एकदमै कम रहेको पन्त सुनाउँछिन्। नवौं तहबाट दुई-तीन वर्ष हुँदै एघारौं तह पुगिन्।

यसअघि उनी बैंकको डेपुटी सीईओ थिइन्। 

नेपाल बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) कृष्णबहादुर अधिकारीको कार्यकाल असोज १४ गते सकियो। अधिकारीको कार्यकाल सकिएसँगै कामु सीईओमा पन्त नियुक्त भइन्।

नेपाल बैंक संचालक समितिको गत आइतबारको निर्णयले कायममुकायम प्रमुख कार्यकारी अधिकृतमा समता पन्तलाई नियुक्त गरेको हो। 

पक्नाजोलमा जन्मिएकी पन्तको बाल्यकाल काठमाडौंमै बित्यो। १० कक्षासम्मको पढाई लौनचोरको कन्या स्कुलबाट गरिन्। 

२०५० सालमा एलएससी पुरा गरिसकेपछि पीसीएल (हालको प्लस टु) हुँदै व्याचलर गरिन्। 

एमबीएस पढ्दै गर्दा बिहे भयो। बिहेपछि पढाईसँगै करिअर अघि बढाउने जिम्मेवारी पन्तलाई थियो। करिअर अघि बढाउने पहिलो प्रयास नै नेपाल बैंकबाट भयो। 

एमबीएस सकिए लगतै उनले पहिलो पटक नेपाल बैंकमा आवेदन दिइन्। पहिलो प्रयासमै सफल भइन् अनि नेपाल बैंक प्रवेश गरिन्। 

उनी भन्छिन, ‘पहिलो पटक जागिरको लागि आवेदन दिँदा नाम निस्कियो। अहिले त्यसैलाई निरन्तरता दिइरहेकी छु। बैंकिङमा रुचि भएर नै आज यो ठाँउमा पुगेँ।’

विं.संं. १९९४ सालमा स्थापना भएको नेपाल बैंक सरकारी हो। यसअघि २८ जनाले कार्यकारी नेतृत्व सम्हालिसकेका छन्। पन्त २९ औं नम्बरमा पर्छिन्। 

हाल बैंकको चुक्ता पुँजी १४ अर्ब ६९ करोडको रहेको छ। बैंकले आर्थिक वर्ष २०७९÷०८० मा ३ अर्ब ४१ करोड नाफा गरेको छ। वित्तीय रुपमा हेर्दा वाणिज्य बैंकहरुमध्ये नेपाल बैंक अब्बल छ।  

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .