कारोबार


सेयरबजारमा डेढ अर्बको कारोबार, शिखर इन्स्याेरेन्सका लगानीकर्ताले कमाए

सेयरबजारमा डेढ अर्बको कारोबार, शिखर इन्स्याेरेन्सका लगानीकर्ताले कमाए

नेपालखबर
माघ १४, २०७६ मंगलबार १०:३४,

सेयरबजारमा ५.५२ अंकको सुधार भएको छ। अघिल्लो दिन भारी अंकले बढेको नेप्से आज उक्त अंकले बढेर १३०६.१५ अंकमा कायम भएको हो। ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सिटिभ सूचक भने शून्य दशमलव ४८ अंकले घटेको छ।

कुल १ सय ७८ कम्पनीको कारोबार भएको दिन १४ हजार ५ सय ५५ पटक खरिदबिक्री हुँदा ३७ लाख कित्ता सेयर बिक्री भएका छन्। कारोबार रकम भने १ अर्ब ४० करोडको रहेको नेपाल स्टक एक्सचेन्जले जनाएको छ। आज कुल बजार पुँजीकरण १६ खर्बको र तरल बजार पुँजीकरण ६ खर्बको रहेको छ। कुल १२ समूहको कारोबार भएकामा वाणिज्य बैंक, व्यापार, होटल, ऊर्जाको कारोबार सूचक घटेको छ। बाँकी समूहको सूचक बढेको छ। आज दुवै बीमा समूहको उच्च अंकले सूचक बढेको छ।

कारोबारको आधारमा ग्लोबल आईएमई बैंकको ९ करोड ९५ लाखको कारोबार गर्दै पहिलो स्थानमा छ। त्यस्तै नेपाल लाइफ इन्स्योरेन्सको ६ करोड ९९ लाखको, नेको इन्स्योरेन्स कम्पनीको ४ करोड ६१ लाखको कारोबार भएको छ। चौथो ठूलो कारोबार नेपाल बैंकको छ। बैंकले ४ करोड ५६ लाखको कारोबार गरेको छ भने पाँचौँ स्थानमा सिटिजन इन्भेष्टमेन्ट ट्रस्टको ४ करोड ४७ लाखको सेयर कारोबार भएको छ।

सेयरबजारमा आज कम्पनीहरुले ८ प्रतिशतसम्म आम्दानी गरेका छन्। धेरै आम्दानी गरेको शिखर इन्स्योरेन्सको सेयर मूल्य ८ प्रतिशतले बढ्दा लगानीकर्ताले ८० रुपैयाँ प्रतिकित्ता आम्दानी गरेका छन्। त्यस्तै दोस्रो स्थानको नाडेप लघुवित्त वित्तीय संस्थाका सेयरधनीले ६.६२ प्रतिशत अर्थात् प्रतिकित्ता ४३ रुपैयाँ कमाएका छन्। सिटिजन इन्भेष्टमेन्टका सेयरधनीले ६.०२ प्रतिशत अर्थात् प्रतिकित्ता १ सय ३२ रुपैयाँ र एभरेष्ट इन्स्योरेन्स कम्पनीका सेयरधनीले ५.८१ प्रतिशत अर्थात् २० रुपैयाँ प्रतिकित्ता आम्दानी गरेका छन्।

त्यस्तै आज गुमाउने कम्पनीहरुले ४.३४ प्रतिशतसम्म घाटा व्यहोरेका छन्। धेरै घाटा व्यहोर्ने पाँच कम्पनीमध्ये गुह्येश्वरी मर्चेन्ट बैंक तथा फाइनान्स कम्पनीले ४.३५ प्रतिशत, रसुवागढी हाइड्रोपावरले ४.०५ प्रतिशत, इन्फिनिटी लघुवित्त वित्तीय संस्थाले ३.२९ प्रतिशत, साल्ट ट्रेडिङ कर्पोरेसनले ३.१७ प्रतिशत र साञ्जेन जलविद्युत् कम्पनीले ३.०५ प्रतिशतले घाटा व्यहोरेका हुन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad