सिरहामा जथाभावी पार्किङ गर्ने सवारीसाधनमा ट्राफिक प्रहरीले ह्विल लक लगाउने अभियान सुरु गरेको छ।
ट्राफिक प्रहरीले विशेष गरेर बजार क्षेत्रमा नो पार्किंगमा राखिने चारचक्केभन्दा माथिको सवारीसाधनमा ह्विल लक लगाउने अभियान चलाएको हो ।
जथाभावी पार्किङले बजार क्षेत्रमा ट्राफिक समस्या सृजना हुने गरेकाले ह्विल लक लगाउने अयिभान थालेको सिरहाका ट्राफिक प्रहरी प्रमुख खगेन्द्र एक्टेनले बताए।
जिल्ला ट्राफिक प्रहरी कार्यालय लहान सिरहाले पूर्व पश्चिम राजमार्गको लहान, मिर्चैया, बन्दिपुर, गोलबजार लगायतको बजार एरियामा नो पार्किंगमा पार्किंग गरेको सवारीमा ह्विल लक लगाउने र ट्राफिक नियम बमोजिम जरिवाना भराउने अभियान थालेको जनाएको छ।
ट्राफिक व्यवस्थापन गर्न विस्तारै जिल्लाभरि यो अभियान थाल्ने योजना रहेको ट्राफिक प्रहरी प्रमुख एक्टेनले जानकारी दिए।
Shares

प्रतिक्रिया