कारोबार


टाटा प्यासेन्जर भेहिकलको नयाँ वर्कसप कपनमा

टाटा प्यासेन्जर भेहिकलको नयाँ वर्कसप कपनमा

नेपालखबर
कात्तिक २१, २०८० मंगलबार १८:४३, काठमाडौँ

नेपालका लागि टाटा मोटर्सको एकमात्र अधिकारिक वितरक, सिप्रदी ट्रेडीङ्ग प्रा.लि.ले काठमाडौँको कपनमा टाटा मोटर्स पेसेन्जर सेग्मेन्टका गाडीहरुलाई लक्षित गर्दै नयाँ वर्कशप सञ्चालनमा ल्याएको छ।

करिब ११ हजार ८८० वर्ग मिटर क्षेत्रफलमा फैलिएको उक्त वर्कशपको उद्घाटन सिप्रदी कम्पनीजका प्रमुख कार्यकारी अधिकृत राजनबाबु श्रेष्ठ र टाटा मोर्टस पेसेन्जर भेहिकल इन्टरनेशनल बिजनेस हेड मायाङ्क बल्डिले गरे।

नयाँ वर्कशपमा पेसेन्जर सेग्मेन्टका गाडीहरुको हरेक पार्टपुर्जाको (इन्जिन, चक्का, सस्पेन्सन, एसी, आदी) मर्मत सम्भार लगायत डेन्ट पेन्टको पनि सुविधा रहेको कम्पनीले जानकारी दिएको छ।

यस वर्कशपमा पेसेन्जर सेग्मेन्टका गाडीहरुको हरेक पार्टपुर्जाको (इन्जिन, चक्का, सस्पेन्सन, एसी, आदी) मर्मत संभार लगायत डेन्ट पेन्टको पनि सुविधा रहेको छ।

यस्तै विशेषतः विद्युतीय गाडीको (इभी) चेकजाँचको लागि विशेषज्ञ प्राविधिकहरुको व्यवस्था गरिएको छ। यस्तो व्यवस्था अन्तर्गत ३० किलोवाट क्षमताको डिसी फास्ट चार्जिङ स्टेसन, चारवटा ७.२ किलोवाट क्षमताको एसी फास्ट चार्जिङ स्टेसन र आठवटा ३.३ किलोवाट क्षमताको एसी स्लो स्टेसन लगायत बाह्रवटा ‘बे हरु’ रहेका छन्।  

समारोहमा बोल्दै टाटा मोर्टस पेसेन्जर भेहिकल इन्टरनेसनल बिजनेस हेड मायाङ्क बल्डिले भने, ‘पछिल्लो समय नेपालमा टाटा मोर्टसको पेसेन्जर गाडीहरू ग्राहकहरूको नम्बर १ रोजाईमा पर्न सफल भएका छन्। जब कुनै ग्राहकले टाटाका कुनै उत्पादन खरिद गर्दछ तब उसले टाटाका सेवाहरू माथि अधिकार प्राप्त गर्दछ र सो अधिकार पूरा गर्ने दायित्व कम्पनीको हो। टाटा मोटर्सका गाडीहरू किन्ने हाम्रा ग्राहकहरूलाई हाम्रा यी वर्कशपहरूले फेरि प्रत्याभूति र विश्वास दिनेछ हाम्रो आशा रहेको छ।’

उक्त सर्भिस सेन्टरको जानकारी गराउँदै सिप्रदी कम्पनीजका प्रमुख कार्यकारी अधिकृत राजनबाबु श्रेष्ठ भने, ‘हामी सदैव ग्राहकहरुलाई उत्कृष्ट भन्दा उत्कृष्ट सेवा प्रदान गर्न प्रतिवद्ध छौँ। यही प्रतिवद्धता स्वरुप सिप्रदीले दक्ष जनशक्ति एवं अत्याधुनिक नयाँ वर्कशप सञ्चालनमा ल्याइएको हो।’

टाटाका ग्राहकले यस वर्कशपमा अटोप्लस बीमा, सञ्जीवनी इन्जिन रिपेयर, एक्सप्रेस (४८ घण्टा भित्र मर्मत) र इन्टेरिएर क्लिनिङ–वाशिङ जस्ता सुविधाहरु प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .