कारोबार


मुम्बईमा प्रभु बैंकको वित्तीय साक्षरता कार्यक्रम

मुम्बईमा प्रभु बैंकको वित्तीय साक्षरता कार्यक्रम

नेपालखबर
माघ १९, २०७६ आइतबार १५:२६,

प्रभु बैंक लिमिटेडले भारतको मुख्य शहर तथा प्रमुख व्यापारिक केन्द्र मुम्बईमा विभिन्न पेशा र व्यवसायमा संलग्न रहेका प्रवासी नेपालीहरुलाई लक्षित गरी २ दिने वित्तीय साक्षरता एवं अन्तक्रिया कार्यक्रम गरेको छ।

प्रभु बैकको ‘यूके एड–डीएफआईडी’ अन्तर्गत सञ्चालित सामाजिक क्षेत्रमा कार्यरत संस्था सक्षम, एक्सिज एड्भाइजरी र प्रभु मनि ट्रान्सफरको सहकार्य एवं संयुक्त आयोजनामा सो कार्यक्रम सम्पन्न भएको हो।

विभिन्न पेशा र व्यवसायमा आबद्ध भई भारतको प्रमुख व्यापारिक शहर मुम्बईमा रहेका करिब २०० जना प्रवासी नेपालीहरुको उपस्थिति रहेको कार्यक्रममा सहभागीहरुलाई आर्जन गरेको रकम औपचारिक एवं बैंकिङ्ग प्रणाली मार्फत नेपालमा रहेका आफन्तजनहरुलाई पठाउने लगायत वित्तीय क्षेत्रसँग सम्बन्धित विषयमा विज्ञ समूहबाट पर्याप्त जानकारी गराईएको थियो।

उक्त अवसरमा सहभागीहरुबाट अन्तरक्रियामा भाग लिँदै नेपालको बैंकिङ्ग प्रणाली, आफूले आर्जन गरेको रकम नेपालमा पठाउने भरपर्दो एवं सरल माध्यम लगायत वित्तीय जानकारी सम्बन्धी जिज्ञाशा राखिएको थियो।

प्रभु बैंक समेतको आयोजनामा आयोजित उक्त वित्तीय साक्षरता एवं अन्तक्र्रियात्मक कार्यक्रममा उत्साहजन उपस्थिति जनाएका मुम्बईस्थित प्रवाशी नेपालीहरुले आफुले आर्जन गरेको रकम बैंकिङ्ग प्रणाली मार्फत नेपालमा रहेका आफन्तजनहरुलाई पठाउन विगतमा भन्दा सहज महशुस गर्नु हुनेछ र यसबाट नेपालको अर्थतन्त्रमा समेत सकारात्मक प्रभाव पर्नेछ भन्ने बैंकले विश्वास लिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad