नेपाल धितोपत्र बोर्डले सेयरबजारमा ‘लक इन’को व्यवस्था कार्यान्वयन गर्न सम्बन्धित पक्षहरुलाई निर्देशन दिएको छ।
नेपाल स्टक एक्सचेन्ज लिमिटेडमा सूचीकृत संगठित संस्थाको संस्थापक तथा अन्य समूहको सेयरको लक इन अवधिसम्बन्धी व्यवस्था छ। त्यसलाई प्रभावकारी कार्यान्वयन गर्न र सर्वसाधारणलाई यसबारे जानकारी दिन बोर्डले निर्देशन दिएको हो।
धितोपत्रसम्बन्धी ऐन २०६३ को दफा ८७ बमोजिम उक्त व्यवस्था कार्यान्वयन गर्न नेप्से, सीडीएस एन्ड क्लियरिङ लिमिटेड र सबै सूचीकृत संगठित संस्थालाई बोर्डले भनेको हो।
योसँगै त्यस्ता समूहको सेयरको बिक्री गर्न नपाइने गरी तोकिएको लक इन अवधि सकिनु ३० दिनअगाडि लगानीकर्ता तथा सरोकारवाला पक्षलाई जानकारी दिनुपर्ने भएको छ। खासगरी संस्थापक, स्थानीय प्रभावित आदिलाई यसको जानकारी गराउनुपर्नेछ भने यसमा रहेको कुल सेयर संख्या, अवधि सकिने मिति खुलाएर सार्वजनिक जानकारीको लागि सार्वजनिक सूचना प्रकाशन गर्नुपर्नेछ। यसको जानकारी बोर्ड, नेप्से र सीडीएस एन्ड क्लियरिङ लिमिटेडलाई उपलब्ध गराउनुपर्नेछ। यसबारे सम्बन्धित संस्थाले अवधि सकिएको एक हप्तासम्म आफ्नो वेबसाइटमा समेत राख्नुपर्नेछ।

Shares

प्रतिक्रिया