कारोबार


१८ वाणिज्य बैंकले घटाए ब्याजदर, दुईवटाको स्थिर

१८ वाणिज्य बैंकले घटाए ब्याजदर, दुईवटाको स्थिर

नेपालखबर
मंसिर ३०, २०८० शनिबार १३:५१, काठमाडौँ

पुस महिनाका लागि वाणिज्य बैंकहरूले नयाँ ब्याजदर सार्वजनिक गरेका छन्। 

जसमा १८ बैंकले मंसिरको तुलनामा ब्याजदर घटाउँदा दुईवटाले स्थिर नै राखेका छन्। प्रभु बैंक र सानिमा बैंकले पुसका लागि पनि मंसिरकै ब्याजदर यथावत् राखेका हुन्। 

वाणिज्य बैंकहरूको औसत ब्याजदर मंसिरको तुलनामा ०.६२ प्रतिशतबिन्दु घटेर ८.९९ प्रतिशतमा झरेको छ। मंसिरमा वाणिज्य बैंकको औसत ब्याजदर ९.९१ प्रतिशत थियो। 

सबैभन्दा बढी हिमालयन बैंकले ब्याजदर घटाएको छ। मंसिरमा व्यक्तिगत मुद्दती निक्षेपमा १०.६०३ प्रतिशत रहेको यस बैंकको अधिकतम ब्याजदर पुसमा २ प्रतिशतबिन्दु घटेर ८.६०३ प्रतिशतमा झरेको हो। 

त्यसैगरी सिटिजन्स बैंकले १.३५ प्रतिशत बिन्दुले निक्षेपको ब्याजदर घटाएको छ। 

एभरेस्ट बैंक, ग्लोबल आईएमई बैंक, लक्ष्मी सनराइज बैंक, माछापुच्छ्रे बैंक र नेपाल एसबीआई बैंकले १ प्रतिशतबिन्दु ब्याजदर घटाएका छन्।

निक्षेपकर्ताले प्राइम कमर्सियल बैंकमा पैसा राख्दा सबैभन्दा बढी ब्याज पाउनेछन्।

कुनको ब्याजदर कति? 
प्रभु बैंक र सानिमा बैंकले व्यक्तिगत मुद्दती निक्षेपमा अधिकतम ९ प्रतिशत र संस्थागततर्फ ७ प्रतिशत ब्याजदर दिने जनाएका छन्। 

हिमालयन बैंकले व्यक्तिगत मुद्दती निक्षेपमा अधिकतम ८.६० प्रतिशत र संस्थागततर्फ ६.६० प्रतिशत तोकेको छ। नेपाल एसबीआई बैंक र माछापुच्छ्रे  बैंकले व्यक्तिगत मुद्दती निक्षेपमा अधिकतम ९.६ प्रतिशत र संस्थागततर्फ ७.६० प्रतिशत दिने भएका छन्।

लक्ष्मी सनराइज बैंकले व्यक्तिगत मुद्दती निक्षेपमा अधिकतम ९ प्रतिशत र संस्थागततर्फ ७ प्रतिशत, ग्लोबल आईएमई बैंकले व्यक्तिगत मुद्दती निक्षेपमा अधिकतम ८.६० प्रतिशत र संस्थागततर्फ ६.६० प्रतिशत निर्धारण गरेका छन्।

एभरेस्ट बैंकले व्यक्तिगत मुद्दती निक्षेपमा अधिकतम ८ प्रतिशत र संस्थागततर्फ ६ प्रतिशत र एनएमबी बैंक व्यक्तिगत मुद्दती निक्षेपमा अधिकतम ९ प्रतिशत र संस्थागततर्फ ७ प्रतिशत ब्याज दिने भएका छन्।

सिद्धार्थ बैंकले व्यक्तिगत मुद्दती निक्षेपमा अधिकतम ९.२५ प्रतिशत र संस्थागततर्फ ८.२५ प्रतिशत ब्याज निर्धारण गरेको छ।

नेपाल बैंकको व्यक्तिगत मुद्दती निक्षेपमा अधिकतम ८.५५ प्रतिशत र संस्थागततर्फ ६.५५ प्रतिशत, सिटिजन्स बैंकको व्यक्तिगत मुद्दती निक्षेपमा अधिकतम ९.३५ प्रतिशत र संस्थागततर्फ ६.६० प्रतिशत रहेको छ।

कृषि विकास बैंकमा व्यक्तिगत मुद्दती निक्षेपमा अधिकतम ९.०१ प्रतिशत र संस्थागततर्फ ७.०१ प्रतिशत ब्याज पाइने भएको छ।

नबिल बैंक व्यक्तिगत मुद्दती निक्षेपमा अधिकतम ८.६० प्रतिशत र संस्थागततर्फ ६.६० प्रतिशत, स्टान्डर्ड चार्टर्ड बैंकले व्यक्तिगत मुद्दती निक्षेपमा अधिकतम ८.५६ प्रतिशत र संस्थागततर्फ ५.३५ प्रतिशत ब्याज तोकी नयाँ सूची प्रकाशित गरिएको छ।

राष्ट्रिय वाणिज्य बैंकमा व्यक्तिगत मुद्दती निक्षेपमा अधिकतम ८.६१ प्रतिशत र संस्थागततर्फ ६.६१ प्रतिशत, कुमारी बैंकमा व्यक्तिगत मुद्दती निक्षेपमा अधिकतम ९.३१ प्रतिशत र संस्थागततर्फ ७.३१ प्रतिशत, एनआईसी एसियामा व्यक्तिगत मुद्दती निक्षेपमा अधिकतम ८.६७ प्रतिशत र संस्थागततर्फ ६.६७ प्रतिशत ब्याजदर कायम गरिएको छ।

प्राइम कमर्सियलले व्यक्तिगत मुद्दती निक्षेपमा अधिकतम १० प्रतिशत र संस्थागततर्फ ८ प्रतिशत र नेपाल इन्भेस्टमेन्ट मेगा बैंकले व्यक्तिगत मुद्दती निक्षेपमा अधिकतम ९.५ प्रतिशत र संस्थागततर्फ ७.५ प्रतिशत ब्याज दिनेछन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad