ad ad

कारोबार


यो साता सेयरबजारमा उत्साह, १३ वटै उपसूचकमा उछाल

यी हुन् सर्वाधिक माग भएका र सर्वाधिक कमाउने कम्पनी
यो साता सेयरबजारमा उत्साह, १३ वटै उपसूचकमा उछाल

केशर बोगटी
पुस ७, २०८० शनिबार १२:२, काठमाडौँ

यस साता नेप्से परिसूचक ११४.५ अंकले वृद्धि भएको छ। गत साता १९९४.६० विन्दुमा बन्द भएको बजार यो साता ११४.५ अंकले वृद्धि भई २१०९.१० विन्दुमा पुगेको छ। 

\साताका पाँच कारोबार दिनमा एक दिन घटेको बजार ४ दिन बढ्न सफल रह्यो। साताको पहिलो चार कारोबार दिन निरन्तर बढेको बजार अन्तिम दिन घट्यो। पाँचवटै कारोबार दिनमा ३० अर्ब ३६ करोडको कारोबार भएको छ।

गत साता १६ अर्ब ४४ करोडको कारोबार भएको थियो। यो साता निरन्तर बढेर साढे २१ सय विन्दु नजिक पुगेको बजार अन्तिम दिनमा घटेको हो। केही लगानीकर्ता नाफा बुक गर्न साताको अन्तिम दिन बजारमा करेक्सन देखियो। 

राष्ट्र बैंकको पहिलो मौद्रिक समीक्षापछि बजार झनै तेजीले वृद्धि हुन थालेको छ। समीक्षायता बजारमा २५६.३३ अंकको वृद्धि भएको छ। राष्ट्र बैंकले बैंक दर र पोलिस दर घटाएर ब्याजदर सस्तिने प्रष्ट संकेत गरेको हो। साथै पुसका लागि बैंकहरुले पनि निक्षेप दर घटाए। जसले ब्याजदर अझै घट्ने निश्चित छ। समीक्षामार्फत सेयरधितो कर्जामा कायम १५० प्रतिशतको जोखिम भार पनि १२५ प्रतिशमा झारेको हो। यसले लगानीकर्ताको मनोबल ह्वात्तै बढेको जानकारहरु बताउँछन। 

लगानीकर्ताको मनोबल उच्च हुँदा नेप्से परिसूचकसँगै कारोबार रकममा बढोत्तरी देखिएको छ। मौद्रिक नीति समीक्षाअघि बजार बढ्नासाथ नाफा बुक गर्नेको होड देखिदा बजार बढ्न सकेको थिएन। तर, बजार १८ सय तल आएन। उद्यपी, १८ सय विन्दुलाई बजारले सपोर्ट विन्दु बनायो। 

चौथो पटकसम्म १८ विन्दुबाट सपोर्ट पाएको २२ सय पुग्ने लगानीकर्ताको मनोबल देखिएको छ। अधिक तरलता र घट्दो ब्याजदरले लगानीकर्ताको मनोबल उच्च हुँदा यो साता बजारले २२ सय लाइन टच गर्याे। अन्तिम दिनमा केही लगानीकर्ता नाफा बुक तिर लाग्दा बजारमा करेक्सन आएको जानकार बताउँन।

घट्दो जोखिम भार र ब्याजदरले लगानीकर्ताको मनोबल बढ्दा बजार पोजिटिभ हुन थालेको छ। अब बजार २२ सयपछि मात्रै करेक्सन आउन सक्ने जानकार बताउँछन्। लगानीकर्ताको मनोबविज्ञान नै बजार २२ सय विन्दु पुग्ने छ। त्यसपछिको अवस्था लगानीकर्ताको मनोबल भर पर्ने उनीहरुको भनाइ छ। 

पुस मसान्तमा लगानीकर्ताले बैंक तथा वित्तीय संस्थाहरुबाट लिएको कर्जा सावाँ–किस्ता तिर्नुपर्ने बेला समेत हो। कतिपय लगानीकर्ताले पुस मसान्तमा सेयर बेचेर किस्ता तिर्ने हुँदा सेलिङ प्रेसर समेत आउन सक्ने बताउँछन्। लगानीकर्ताको मनोबल बढ्दै गएकाले अहिले नै सेलिङ प्रेसर आइहाल्न नहुने उनीहरु बताउँछन्। 

पछिल्लो समय बैंकहरुले नै प्रिमियम घटाएर सेयर धितो कर्जा दिन थालेका छन्। बजार २१ सय विन्दुमा रहेकाले यस्तो लगानी धेरै रिक्स नहुँने देखिएपछि बैंकहरु यस्तो कर्जा बढाउन थालेको हुन्। 

लगानीकर्ताको मनोबल बढाउन थाले बजारलाई सबै पक्षले टेवा मिलेको जानकार बताउँछन। योसँगै साताभरमा नेप्सेको कुल बजार पुँजीकरण ३२ खर्ब ७६ अर्ब पुगेको छ।

१३ वटै उपसूचकमा उछाल 
यस साता १३ वटा उपसूचक बढेका छन्। यो साता लाइफ इन्स्योरेन्स उपसूचक ३८३.४७ अंकले बढेको छ। 

त्यसैगरी, निर्जीवन बीमा उपसूचक २६१.८३ अंक, होटल तथा पर्यटन ३६८.०७, उत्पादन तथा प्रशोधन ९९२.३९, डेभलपमेन्ट बैंकको १०६.१५, माइक्रोफाइनान्स २५३.६८, ट्रेडिङ २४३.१३, हाइड्रोपावर १७१.७१, फाइनान्स उपसूचक ४२.४५ र अन्य उपसूचक ६३.६८ अंकले बढेको छ। साथै, बैंकिङ उपसूचक ३०.५६, इन्भेष्टमेन्ट १०.३७ र म्युचुअल फण्ड उपसूचक ०.३१ अंकले बढेको छ। 

यो साता सूचीकृत सेयर
यो साता नेप्सेमा तीन कम्पनीको आईपीओ सूचीकृत गरेका छन। नेपाल वेयरहाजिङ कम्पनी, चिरख्वा हाइड्रोपावर र भिजन लम्बिनी ऊर्जा कम्पनीले आईपीओ सूचीकृत गरेका छन। यो साता नेप्सेमा नेपाल वेयरहाजिङ कम्पनीले ६८ लाख ७५ हजार कित्ता सेयर सूचीकृत गरेको हो। 

त्यसैगरी यो साता चिरख्वा हाइड्रोपावर कम्पनीले ४ करोड कित्ता सेयर र भिजन लम्बिनी ऊर्जा कम्पनीले १ करोड ५३ लाख कित्ता सेयर सूचीकृत गरेको छ। 

सर्वाधिक कमाउने कम्पनी
यो साता नेप्सेमा बोटलर्स नेपाल (बालाजु) कम्पनी रहेको छ। गत साता यस कम्पनीको प्रतिकित्ता सेयरमूल्य ३३ सय ३० रुपैयाँ थियो।

निरन्तर सेयरमूल्यमा सर्किट लागेर यस कम्पनीको प्रतिकित्ता सेयरमूल्य ५ हजार ७८४ रुपैयाँ पुगेको छ। कम्पनीका लगानीकर्ताले यो साता धेरै नै कमाएका छन। त्यसैगरी, बीपीडब्लु लघुवित्त र नेपाल रिपब्लीका मिडियाको सेयरमूल्य उच्च दरले बढेको छ। 

सर्वाधिक कारोबार गर्ने कम्पनी
यो साता सोनापुर मिनरल्स आयल र शिवम सिमेन्ट कम्पनीको सर्वाधिक कारोबार भएका् छ। यो साता शिवम सिमेन्टले सेयरधनीलाई लाभांश घोषणा गरेको छ। त्योसँगै कम्पनीको कारोबार बढेको हो।

त्यसैगरी, योसाता रिलायबल नेपाल लाइफ इन्स्योरेन्स, घोराही सिमेन्ट, सिटिजन लाइफ इन्स्योरेन्स र आईएमई लाइफको सर्वाधिक कारोबार भएको छ।

सर्वाधिक माग भएको कम्पनी
फ्लोरसिट विश्लेषण गर्दा यस साता माग भएको सेयरको सूचीमा शीर्षस्थानमा मुक्तिनाथ कृषि कम्पनी रहेको छ। यस कम्पनीले नेप्सेमा आईपीओ सूचीकृत गरेको थियो। योसँगै यो साता कम्पनी लगानीकर्ताको पहिलो रोजाईमा परेको हो।

त्यसैगरी, लक्ष्मी सनराइन बैंक र कुमारी बैंकको सेयर माग उच्च देखिएको छ। यी बैंकको सेयरमूल्य न्यून हुँदा लगानीकर्ताको रोजाईमा देखएिको छ। साथै यो साता हाइड्रो इलेक्टीसी कम्पनीको सेयर खरिद माग उच्च देखिएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .