कारोबार


अटो बजार चलायमान नहुँदा राजस्व पनि घट्यो : अध्यक्ष थापा

अटो बजार चलायमान नहुँदा राजस्व पनि घट्यो : अध्यक्ष थापा

तस्बिर : सरोज बैजु


नेपालखबर
पुस २०, २०८० शुक्रबार १८:३२, काठमाडौँ

नाडा अटो मोबाइल्स एसोसिएसन अफ नेपालका अध्यक्ष ध्रुव थापाले बजार चलायमान नहुँदा राजश्व घटेको बताएका छन्। 

नाडा अटो मोबाइल्स एसोसिएसनको ४७ औँ वार्षिक साधरण सभालाई शुक्रबार सम्बोधन गर्दै थापाले यसो भनेका हुन्। 

एसोसिएसनबाट देशको राजश्वमा २१ प्रतिशत योगदान रहेकोमा अहिले घटेको उनले बताएका हुन्। 

२ वर्षदेखि अर्थतन्त्रमा मन्दीको अवस्था रहे पनि अब सुधारको चरणमा रहेको उनले बताए। 

थापाले अटो मोबाइल क्षेत्रले एक लाख रोजगारी दिएको बताउँदै एसेम्बल उद्योग, लुब्रिकेन्ट र ब्याट्री उत्पादन हुन थाल्नु सकरात्मक भएको बताए। 

अटो क्षेत्रमा १ खर्ब लगानी रहेको बताएका उनले  निर्जीवन बीमा कम्पनीको ४७ प्रतिशत रहेको उल्लेख गरे।

सरकारले सवारी साधनलाई विलाशीताको रूपमा राखेकोमा अहिले अत्यावश्यक भइसकेको उनले बताए। 

नेपालमा विद्युतीय गाडीको कर बारम्बार बढाउँदा इको सिस्टममा लगानीका लागि हच्कनु पर्ने अवस्था रहेको बताए। 

हायर प्रचेज कर्जाको जोखिमभारको क्याप २५ लाख रहेकोमा ५० लाख लाख पुर्याउन उनले माग गरेका छन्। 

भन्सारमा आइसकेका गाडी चालु आर्थिक वर्षभित्र ल्याउन सक्नेगरी सहजीकरण गर्न उनले अर्थमन्त्रीसँग अग्रह गरेका छन्।

भन्सार यार्डमा रहेका सवारी पुन: बाहिर निर्यात गर्न कानुनी ब्यवधान रहेकाले संशोधन गर्नुपर्ने थापाले बताएका छन्। 

नाडा अटो शो गर्न अन्तर्राष्ट्रिय प्रदर्शनी हल बनाउन पनि उनले सरकारलाई पुनः आग्रह गरेका छन्। नाडामा सहकार्य र सहमति गर्ने वातावरण बनाएको भन्दै अटो क्षेत्रका मुद्दा उठाउन सहयोग पुग्ने थापाले बताए। 

कार्यक्रममा नाडाले जना ४ ट्राफिक प्रहरीलाई समेत सम्मान गरेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .