एनआईसी एसिया बैंकले नयाँ ब्याजदर सार्वजनिक गरेको छ।
बैंकले माघ १ गतेदेखि लागू हुने गरी नयाँ ब्याजदरको सूचना प्रकाशित गरेको हो।
बैंकले माघ महिनाका लागि ब्याजदर घटाएको छ। माघ महिनादेखि एनआईसी बैंकले व्यक्तिगत निक्षेपमा अधिकतम ब्याजदर ८ दशमलव ०६५ प्रतिशतमा दिने जनाएको छ। पुस महिनामा व्यक्तिगत निक्षेप तर्फ बैंकले ८ दशमलव ६७ प्रतिशत ब्याज दिँदै आएको छ।
त्यसैगरी, संस्थागत निक्षेपमा बैंकको आगामी माघमा अधिकतम ब्याजदर ६ दशमलव ०६५ प्रतिशत दिनेछ। पुस महिनामा यस्तो ब्याजदर ६ दशमलव ६७ प्रतिशत छ।
बैंकहरुले पछिल्लो समय निरन्तर ब्याजदर घटाइरहेका छन्।
129
Shares

प्रतिक्रिया