कारोबार


एनआईसी एसिया बैंकको नाफा १ अर्ब ९० करोड, वितरणयोग्य नाफा कति?

एनआईसी एसिया बैंकको नाफा १ अर्ब ९० करोड, वितरणयोग्य नाफा कति?

नेपालखबर
माघ ७, २०८० आइतबार ९:१८, काठमाडौँ

एनआईसी एशिया बैंकले पुस मसान्तसम्ममा १ अर्ब ९० करोड ३८ लाख ७ हजार रुपैयाँ नाफा कमाएको छ।

जुन गत आवको सोही अवधिको तुलनााम ४१.८४ प्रतिशतले कम हो। 

गत आवको सोही अवधिमा बैंकले ३ अर्ब २७ करोड ३३ लाख ३० हजार रुपैयाँ नाफा कमाएको थियो। बैंकको वितरणयोग्य नाफा ५९ करोड २२ लाख रुपैयाँ ऋणात्मक रहको छ।

यो अवधिमा बैंकको खुद ब्याज आम्दानी १०.१३ प्रतिशतले घटेर ५ अर्ब ५४ करोड १४ लाख १७ हजार रुपैयाँ रहेको छ। यस्तै सञ्चालन मुनाफा २४.१३ प्रतिशतले घटेर ३ अर्ब ५६ करोड १० लाख ४० हजार रुपैयाँ रहेको छ।

१४ अर्ब ९१ करोड ७५ लाख ६६ हजार रुपैयाँ चुक्ता पूँजी रहेको बैंकको जगेडा कोषमा १५ अर्ब ६७ करोड ८३ लाख रुपैयाँ रहेको छ। बैंकले ३ खर्ब ८१ अर्ब २६ करोड ३२ लाख रुपैयाँ निक्षेप संकलन गरी २ खर्ब ९३ अर्ब ८० करोड ८४ लाख रुपैयाँ कर्जा लगानी गरेको छ।

बैंकको प्रतिसेयर आम्दानी २५ रुपैयाँ ५२ पैसा रहेको छ भने प्रतिसेयर नेटवर्थ २०५ रुपैयाँ १० पैसा रहेको छ । बैंकको निष्क्रिय कर्जा बढेको छ। गत आवको दोस्रो त्रैमाससम्म बैंकको निष्क्रिय कर्जा ०.६१ प्रतिशत रहेकोमा हाल बढेर १.१९ प्रतिशत पुगेको छ।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad