कार्यस्थलमा आधारित रोजगारमूलक कार्यक्रम सरकारले कार्यन्वयनमा ल्याएको छ। गत दुई वर्षदेखिको अवधारण यो वर्ष देखि सम्झौता नै गरेर कार्यान्वयनमा ल्याएको हो।
आज उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रीमन्त्री रमेश रिजालको उपस्थितिमा उद्योगहरुमा रोजगारी सिर्जना र सीपयुक्त जनशक्ति उत्पादनको लागि कार्यस्थलमा आधारित रोजगारमूलक प्रशिक्षणको लागि त्रिपक्षीय सम्झौता भएको हो।
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा एक कार्यक्रमका बीच लघु,घरेलु तथा साना उद्योग प्रवद्र्धन केन्द्र,नेपाल उद्योग परिसंघ र ६ उद्योगहरुबीच त्रिपक्षीय सम्झौता भएको हो ।
सम्झौता पत्रमा केन्द्रका तर्फबाट कार्यकारी निर्देशक दीपक घिमिरे,उद्योग परिसंघको तर्फबाट महानिर्देशक दीपक जोशी र उद्योगहरुको तर्फबाट सम्बन्धित प्रतिनिधिहरुले हस्ताक्षर गरेका हुन्।
यो वर्ष यस कार्यक्रमको लागि १८ करोड रुपैयाँ बजेट विनियोजन भएको छ। जसमा ४ हजार जनालाई रोजगार बनाउने योजना सरकारको रहेको छ।
आजको सम्झौतामा सम्झौतामा ६ उद्योगहरुले १ हजार ६६३ जना प्रशिक्षार्थीहरु श्रमिक छनोट गरी प्रशिक्षण प्रदान गरी रोजगारीमा लगाउने छन् । हस्ताक्षर कार्यक्रममा बोल्दै उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले सम्झौताबाट स्वदेशमा नै तालिम प्राप्त दक्ष जनशक्ति निर्माण हुने र देशभित्रै सीपयुक्त रोजगारीको अवसर प्राप्त हुने विश्वास रहेको बताए।
उनले रोजगारीको लागि नेपाली युवा जनशक्ति विदेश पलायन हुने क्रम बढिरहेको र मुलुकमा दक्ष जनशक्ति अभाव भएर उद्योगहरु सञ्चालनमा विदेशबाट जनशक्ति ल्याउनुपर्ने बाध्यता रहेको बताए। नेपालमा भएको जनशक्ति विदेशमा पलायन हुने र आवश्यक पर्ने जनशक्ति विदेशबाट ल्याउनुपर्ने अवस्थाको अन्त्य गर्न सरकारले उद्योगको कार्यस्थलमा आधारित रोजगारमूलक परीक्षण कार्यक्रम शुरुवात गरेको मन्त्री रिजालको भनाई छ ।
उनले विगतका वर्षहरुमा कार्यविधिगत जटिलता र प्रचारप्रसारको कमीले कार्यक्रमले अपेक्षाकृत लक्ष्य हासिल गर्न नसकेको बताए। उनले त्रिपक्षीय सम्झौताले उद्योगहरुको उत्पादकत्व वृद्धिमा योगदान पुग्ने र स्वदेशमा रोजगारीको थप अवसर सिर्जना हुने विश्वास लिएको बताए।
उनले कार्यक्रम सफल बनाउनको लागि उद्योग क्षेत्रको प्रतिवद्धता र लघु,घरेलु तथा साना उद्योग प्रवद्र्धन केन्द्रको क्षमता र सुदृढीकरण आवश्यक रहेको बताए। उनले कार्यस्थलमा आधारित रोजगारमूलक प्रशिक्षणक कार्यक्रम अन्तर्गत ४ हजार दक्ष बनाएर रोजगारी सिर्जना लक्ष्य रहेको बताए।
Shares

प्रतिक्रिया