ad ad

कारोबार


पुँजीकोषको दबाबपछि बैंकहरूले घटाए सेयर धितो कर्जा

एनआईसी र नबिलबीच प्रतिस्पर्धा, पुससम्म कुनले कति गरे प्रवाह?
पुँजीकोषको दबाबपछि बैंकहरूले घटाए सेयर धितो कर्जा

केशर बोगटी
माघ २५, २०८० बिहिबार १३:११, काठमाडौँ

पुँजीकोषको दबाब देखिएका बैंकहरूले मार्जिन प्रकृतिको सेयर धितो कर्जा घटाउन थालेका छन्। सेयर धितो कर्जाको जोखिम भार उच्च हुँदा पुँजीकोषको दबाब देखिएका बैंकहरूले यस्तो कर्जा घटाएका हुन्।

यतिबेला कुमारी बैंक, प्रभु बैंक, लक्ष्मी सनराइज, सिटिजन्स, एनएमबी, माछापुच्छ्रे र एनआईसी एसिया बैंकलाई पुँजीकोषको दबाब देखिएको छ। पुँजी कोषको दबाब भए पनि एनआईसी एसिया र कुमारी बैंकले भने सेयर धितो कर्जा बढाएका छन्।

अन्य, पुँजीकोष टाइट भएका बैंकहरूले भने सेयर धितो कर्जा घटाएका छन्।

मार्जिन प्रकृतिको ५० लाखसम्मको सेयर धितो कर्जाको जोखिम भार १०० प्रतिशत र ५० लाखमाथिको कर्जाको १२५ प्रतिशत छ। जोखिम भार उच्च भएको सेक्टरमा सहजै बैंकहरू लगानी गर्न चाहँदैनन्। तर, यतिबेला बैंकिङ प्रणालीमा लगानीयोग्य रकम (तरलता) थुप्रिएको छ।

प्रणालीमा तरलता थुप्रिँदा बेलामा समेत उच्च जोखिम भार रहेको सेक्टरमा यी बैंकहरू लगानी घटाइरहेका हुन्। त्यसैमाथि आर्थिक वर्षमा वाणिज्य बैंकले ०.५ प्रतिशत अतिरिक्त पुँजी (काउन्टर साइक्लिकर बफर) थप्नुपर्नेछ।

पुँजी कोष सहज भएका बैंकहरू भने सेयर धितो कर्जा बढाउन थालेका छन्। अर्थतन्त्रमा देखिएको शिथिलताका कारण देखिएको सुस्तताले अझैसम्म कर्जाको माग बढ्न सकिरहेको छैन। यस्तो अवस्थामा पुँजी कोष सहज भएका बैंकहरू भने सेयर धितो कर्जा बढाउन थालेका छन्।

राष्ट्र बैंकले सार्वजनिक गरेको चालू आवको ६ महिना अर्थात् पुस मसान्तसम्मको तथ्यांकले वाणिज्य बैंकहरूले मात्रै ७ अर्ब १८ करोड सेयर धितो कर्जा प्रवाह गरेको देखाएको हो।

गत असारसम्म वाणिज्य बैंकहरूले कुल ५८ अर्ब ६६ करोड ८ लाख यस्तो कर्जा प्रवाह गरेका थिए। पछिल्लो ६ महिनामा ७ अर्ब १८ करोड बढेसँगै बैंकहरूले प्रवाह गरेको यस्तो कर्जाको आकार ६५ अर्ब ८६ करोड पुगेको छ।

चालू आवको पहिलो महिना साउनमा यस्तो कर्जा २३ करोडले बढेकामा भदौमा १ अर्ब ८ करोड, असोजमा २ अर्ब ७३ करोड, कात्तिकमा २७ करोड, मंसिरमा ७ करोड र पुसमा २ अर्ब १९ करोड थपिएको छ।

नेपाल राष्ट्र बैंकले गत असोजमा एक व्यक्ति वा संस्थाले बैंक तथा वित्तीय संस्थाबाट १२ करोडसम्म मात्र सेयर धितो कर्जा लिन पाउने सीमा बढायो।

योसँगै व्यक्तिगत लगानीकर्ताले १५ करोड र संस्थागत लगानीकर्ताले २० करोडसम्म लिन पाउने भए। तर त्यसयता मार्जिन प्रकृतिको सेयर धितो कर्जा बढ्न थालेको राष्ट्र बैंकको तथ्यांकले देखाएको छ।

एनआईसी ‘एग्रेसिभ’, कस–कसको बढ्यो?
एनआईसी एसिया बैंक सेयरधितो कर्जा प्रवाहमा ‘एग्रेसिभ’ देखिएको छ।

पछिल्लो ६ महिनामा बैंकले ३ अर्ब ५६ करोड यस्तो कर्जा प्रवाह गरेको छ। जुन सञ्चालनमा रहेका वाणिज्य बैंकहरूमध्ये धेरै हो। त्यसैगरी, दोस्रोमा नबिल र तेस्रोमा प्राइम कमर्सियल बैंक छन्।

नबिल बैंकले पछिल्लो ६ महिनामा यस्तो कर्जा २ अर्ब २५ करोड र प्राइम कमर्सियल बैंकले १ अर्ब ५ करोडले बढाएको छ।

चालू आवको ६ महिनामा नेपाल बैंकले ५९ करोड ७ लाख रुपैयाँ सेयर धितो कर्जा थपेर ४ अर्ब ५४ करोड ३ लाख पुर्याएको छ।

त्यसैगरी, राष्ट्रिय वाणिज्य बैंकले १७ करोड १ लाख, नेपाल एसबीआईले ११ करोड, एभरेष्ट बैंकले ६५ करोड, सानिमा बैंकले ८ करोड ९ लाख, सिटिजन्स बैंकले ७६ करोड, ग्लोबल आइएमईले १५ करोड र कृषि विकास बैंकले ६ करोडले सेयर धितो कर्जा बढाएको छ।

एनआईएमबी बैंकले सेयर धितो कर्जा घटेको छ। पछिल्लो ६ महिनामा बैंकले सेयर धितो कर्जा ८२ करोड ८ लाखले घटेको छ।

त्यसैगरी, हिमालय बैंकको ४० करोड ८ लाख, लक्ष्मी सनराइज बैंकको ४६ करोड १ लाख, माछापुच्छ्रे बैंकले ६ करोड, एनएमबी बैंकले ४४ करोड र प्रभु बैंकले सेयर धितो कर्जा ५४ करोडले घटेको छ।

कुनको कति?

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .