कारोबार


हिमालयन रि-इन्स्योरेन्सको लाभांश घोषणा, बोनस कति?

हिमालयन रि-इन्स्योरेन्सको लाभांश घोषणा, बोनस कति?

नेपालखबर
माघ २६, २०८० शुक्रबार १०:२४, काठमाडौँ

हिमालयन रि-इन्स्योरेन्स कम्पनी लिमिटेडले लाभांश प्रस्ताव गरेको छ।

माघ २५ गते बसेको कम्पनी सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०७९/८० का नाफाबाट सेयरधनीलाई लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो। 

कम्पनीले हाल कायम चुक्ता पुँजीको ४ प्रतिशत बोनस र ०.२१ प्रतिशत नगद लाभांश (कर प्रयोजनका लागि) गरी कूल ४.२१ प्रतिशत लाभांश वितरणको घोषणा गरेको हो। 

कम्पनीको प्रस्तावित लाभांश नेपाल बिमा प्राधिकरणबाट स्वीकृत भएपछि र कम्पनीको आगामी साधारण सभाले अनुमोदन गरेपछि सेयरधनीहरुले पाउनेछन्।

हिमालय रि-इन्यारेन्स कम्पनीको चुक्ता पुँजी १० अर्ब रुपैयाँ छ। नेपाल बिमा प्राधिकरणले आगामी १ वर्षभित्र कम्पनीलाई पुँजी २० अर्ब पुर्‍याउन निर्देशनसमेत दिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .