कारोबार


यी लघुवित्तलाई लाभांश वितरण रोक लगाउँदै राष्ट्र बैंक

यी लघुवित्तलाई लाभांश वितरण रोक लगाउँदै राष्ट्र बैंक

नेपालखबर
फागुन ६, २०८० आइतबार १७:१४, काठमाडौँ

केन्द्रीय बैंकले दुई लघुवित्तको लाभांश वितरणमा रोक लगाउने भएको छ।

केन्द्रीय बैंकले पुँजीकोषको व्यवस्था कायम गर्न नसक्ने दुई लघुवित्तको लाभांश वितरणमा रोक लगाउने भएको हो।

सिर्जनशील लघुवित्त र सुपर लघुवित्तलाई लाभांश वितरणमा रोक लगाउने भएको छ।

नियामकीय प्रावधान अनुसार लघुवित्त वित्तीय संस्थाले ४ प्रतिशत प्राथमिक पुँजी र ४ प्रतिशत पूरक गरी ८ प्रतिशत पुँजीकोष कायम गर्नुपर्ने हुन्छ।

चालू आवको दोस्रो त्रैमासमा यी दुई लघुवित्तको पुँजीकोष ८ प्रतिशत कम छ। जसले गर्दा यी लघुवित्तको लाभांश वितरणमा केन्द्रीय बैंकले रोक लगाउने छ।

नियामकीय प्रावधान अनुसार लघुवित्त संस्थाहरूले मासिक वा त्रैमासिक रुपमा पुँजीकोष कायम गर्न नसके सोही वर्षको नाफाबाट अर्को वर्ष वितरण गर्ने लाभांश रोक लगाइन्छ। यद्यपी, यो वर्ष पुँजी कोष नपुगेका संस्थालाई आगामी वर्ष लाभांश वितरण गर्न केन्द्रीय बैंकले रोक लगाउने गर्छ।

पुस मसान्तमा सिर्जनशील लघुवित्तको पुँजीकोष ४.४६ प्रतिशत छ भने सुपर लघुवित्त पुँजीकोष ऋणात्मक छ।

सुपर लघुवित्तलाई भने यसअघि नै कन्द्रीय बैंकले समस्याग्रस्त घोषणा गरी व्यवस्थापन गरिरहेको छ।

अन्य एक दर्जन लघुवित्तको भने पुँजीकोष टाइट देखिएको छ। पुँजी कोष टाइट हुँदा संस्थाले आगामी समय व्यवसाय विस्तार गर्न नसक्ने अवस्था रहन्छ।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .