ad ad

समाज


माओवादीका नेता पुरीको ४ करोड अवैध सम्पत्ति जफत हुने, कैदमा बस्नु परेन

माओवादीका नेता पुरीको ४ करोड अवैध सम्पत्ति जफत हुने, कैदमा बस्नु परेन

फाइल तस्बिर


नेपालखबर
फागुन ६, २०८० आइतबार १७:४०, काठमाडौँ

झापाका माओवादी नेता रेवतराज पुरी ‘गगन’सँगको ४ करोडभन्दा बढी सम्पत्ति जफत हुने फैसला भएको छ।

गत माघ २८ मै दोषी ठहर पुरीको मुद्दाको आइतबार विशेष अदालतले सुनुवाइ गर्दै सम्पत्ति शुद्धीकरण मुद्दामा उनी र श्रीमती केशावती पुरीको नामको चार करोड बढी सम्पत्ति जफत हुने फैसला गरेको हो। 

झापाको दमक-१३ स्थित सरकारी जग्गा हडपेर अवैध सम्पत्ति आर्जन गरेको अभियोगमा पुरी परिवारले मुद्दा खेपिरहेको थियो।

परिवारका अन्य सदस्यलाई सफाइ दिएको विशेषले गगन र उनकी श्रीमती केशावती पुरीलाई माघ २८ मै विशेष अदालतले दोषी ठहर गरेको थियो।

विशेषले आइतबार प्रतिवादी गगन भन्ने रेवतरण पुरी र उनकी श्रीमती सीमा भन्ने केशावति पुरीलाई तत्काल प्रचलित सम्पत्ति शुद्धीकरण (मनिलन्ड्रिङ) को मुद्दामा ४ करोड ३ लाख ३४ हजार ८९४ रुपैयाँ १४ पैसा जरिवाना निर्धारण गरेको हो। 

विशेषले दुवैजनाबाट जनही २ करोड १ लाख ६६ हजार ४८६ रुपैयाँ  ६ पैसा जरिवाना निर्धारण गरेको छ।

तर विशेषले सम्पत्ति शुद्धीकरणमा दोषी गगन र उनकी पत्नीलाई कैद सजाय भने तोकेन। विशेषका एक अधिकारीले अवैध सम्पत्ति असुलउपर गर्नु पर्ने भएकाले कैद सजाय नभएको बताएका छन्। 

त्यसैगरि विशेष अदालतले अख्तियारद्वारा आरोपपत्रमा जफत गर्न दाबी लिइएको सम्पत्तिबाट विगो बराबर सम्पत्ति जफत हुने पनि फैसला गरेको छ। 

विशेषले यसअघि पुरीसँग ३ करोड ३२ लाख वैध सम्पत्ति रहेको ठहर गरेको थियो। तर उनले ७ करोड ३५ लाखभन्दा बढी रकमको कारोबार गरेको देखिएको अदालतको ठहर थियो।

विशेषले ४ करोड ३ लाख रूपैयाँ अवैध देखिएको भन्दै माघ २८ मा उनलाई दोषी ठहर गरेको थियो। 

सम्पत्ति शुद्धीकरण विभागले २०७७ माघ २१ गते पुरी दम्पतीसहित ६ जनाविरूद्ध १२ करोड १३ लाख रूपैयाँबराबरको बिगो दाबीसहित अदालतमा मुद्दा दायर गरेको थियो। तर ती ६ मध्ये चारजनाले यसअघि नै सफाइ पाएका छन्। 

गगनका आफन्त मनमाया पुरी र देवकुमार पुरीले सफाइ पाएका थिए। कृष्णकुमार पुरी र संगीता पुरीको सम्पत्ति पनि जफत नहुने फैसला अदालतले गरेको थियो।

पुरी गत वर्ष सम्पन्न निर्वाचनमा झापा क्षेत्र नम्बर ५ (ख) मा माओवादीबाट प्रदेश सभा सदस्यका उम्मेदवार थिए। उनी एमालेका होमबहादुर थापासँग पराजित भए।

२०७४ मा गगन माओवादीबाटै टिकट पाएर दमक नगरपालिका प्रमुखको पदमा पनि प्रतिस्पर्धा गरेका थिए। त्यतिखेर उनी एमालेका रोमनाथ ओलीसँगपराजित भएका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .