कारोबार


भारतमा रहेका नेपालीले क्युआर स्क्यानबाटै घरमा पैसा पठाउन सक्ने

भारतमा रहेका नेपालीले क्युआर स्क्यानबाटै घरमा पैसा पठाउन सक्ने

नेपालखबर
चैत २, २०८० शुक्रबार १७:७, काठमाडौँ

भारतमा रहेका नेपालीले क्युआर कोडमार्फत नेपालमा पैसा पठाउन पाउने भएका छन्। 

भारतीय बैंक तथा वित्तीय संस्थामा खाता रहेका नेपालीले नेपाली बैंकमा क्युआरबाटै पैसा पठाउन पाउने भएका हुन्।  

राष्ट्र बैंकले जारी गरेको निर्देशनअनुसार नेपाल नागरिकले भारतीय बैंक तथा वित्तीय संस्थामा खोलेको बैंक खाता आबद्ध विद्युतीय बैंकिङ, अन्तरबैंकिङ भुक्तानी, मोबाइल बैंकिङ, क्युआर कोडमार्फत राष्ट्रिय भुक्तानी स्विचको माध्यमबाट नेपाली वाणिज्य बैंक तथा राष्ट्रियस्तरका विकास बैंकमा खोलिएको व्यक्तिगत खातामा पठाउन सक्नेछन्। 

भारतमा रहेका नेपालीलाई रेमिट्यान्स कम्पनीमा धाउनुपर्ने बाध्यता हटेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .