ad ad

कारोबार


तीन महिनाको लागि नेपाल-भारत विद्युत् सम्झौता नवीकरण

तीन महिनाको लागि नेपाल-भारत विद्युत् सम्झौता नवीकरण

नेपालखबर
चैत १५, २०८० बिहिबार १४:४४, काठमाडौँ

तीन महिनाको लागि नेपाल भारत विद्युत सम्झौता नवीकरण भएको छ। 

हरेक वर्ष नवीकरण गर्नुपर्ने सम्झौता यो पटक ३ महिनाको लागि मात्रै भएको हो। यसअघि १ वर्षको लागि नवीकरण हुने गरेको थियो।

ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयका प्रवक्ता नविनराज सिंहले सम्झौता नवीकरण भएको जानकारी दिए। 

‘वर्षायाम सुरु हुनुअघि नेपाललाई विद्युत् आवश्यक पर्ने हो’, उनले नेपालखबरसँग भने, ‘त्यसपछि नेपालमै बिजुली उत्पादन हुने हुँदा हाल जुनसम्मको लागि नवीकरण भएको छ।’

उनका अनुसार मुजफ्फरपुर-ढल्केबर प्रसारणलाइनबाट ५०० मेगावाट र महेन्द्रनगर-टनकपुर प्रसारणलाइनबाट ५४ मेगावाट विद्युत् नेपाल आयात हुनेछ।

२०७८ सालमा ५ वर्षको लागि नेपाल भारत विद्युत सम्झौता भएको थियो। जसअनुसार ४ सय ५० मेगावाटसम्म आयतनिर्यातको सम्झौता छ। तर यो पटकको नवीकरणमा भने ५ सय ५४ मेगावाटको सम्झौता भएको छ।

प्रााधिकरणले इन्डियन इनर्जी एक्सचेन्ज लिमिटेड (आइएक्स)को डे–अहेड बजारमा प्रतिस्पर्धामार्फत र मध्यकालीन विद्युत् सम्झौताबमोजिम भारतीय कम्पनी एनटीपीसी विद्युत् व्यापार निगम लि (एनभीभीएन)लाई बिक्री गरिरहेको छ। एनभीभीएनले भारतीय बजारमा बिक्री गरिरहेको छ। 

सुख्खायाम सुरु भएसँगै नदी तथा खोलानालामा पानीको वहाव घट्दा जलविद्युत आयोजनाहरुको विद्युत् उत्पादन पनि घट्छ। 

अहिले देशभित्रको आन्तरिक माग धान्न भारतबाट विद्युत् आयात भइरहेको छ। आइएक्ससँग खुल्ला बजारमा आयातनिर्यात हुनुपर्ने सम्झौता छ। तर त्यसको नवीकरण भएको थिएन।

आगामी हप्ता त्यसको नवीकरण गर्ने समय सकिँदै थियो। त्योअघि नै सरकारले प्रक्रिया अघि बढाए पनि भारतले आनाकानी गर्दै आएको थियो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .