ad ad

ग्लोबल


केजरीवालको गिरफ्तारीलाई लिएर भारत र अमेरिकाबीच कूटनीतिक खटपट

केजरीवालको गिरफ्तारीलाई लिएर भारत र अमेरिकाबीच कूटनीतिक खटपट

नेपालखबर
चैत १५, २०८० बिहिबार १४:४१,

दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालको गिरफ्तारीलाई लिएर भारत र अमेरिकाबीच खटपट देखिएको छ। उनको गिरफ्तारीप्रति अमेरिकी विदेश मन्त्रालयले आपत्ति जनाएको थियो।

अमेरिकाको आपत्तिपछि बुधबार भारतीय विदेश मन्त्रालयले अमेरिकी दूतावासकी उपप्रमुख ग्लोरिया बर्बिनालाई झिकाएको थियो। 

लगत्तै अमेरिकाले फेरि यसबारे टिप्पणी गर्दै प्रत्येक मुद्दामा निष्पक्ष, पारदर्शी र अविलम्ब कानुनी प्रक्रिया अपनाउन आग्रह गरेको छ।

‘हामी दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालको गिरफ्तारीसहित अन्य कारबाहीहरुलाई नियालिरहने छौँ। हामी कर अधिकारीहरुले पार्टीको ब्यांक खाता रोक्का गरिदिएको कंग्रेसको आरोपबारे पनि जानकार छौँ। यी सबै विषयमा निष्पक्ष, पारदर्शी र समयमै कानुनी प्रक्रियालाई प्रोत्साहित गर्छौं,’ अमेरिकी विदेश मन्त्रालयले म्याथ्यु मिलरले भनेका छन्।

यसअघि यो विषयमा जर्मनीको टिप्पणीलाई लिएर पनि नयाँ दिल्ली असन्तुष्टि व्यक्त गरेको थियो। भारतीय विदेश मन्त्रालयले जर्मनीका दूतलाई पनि झिकाएको थियो। 

गतसाता मुख्यमन्त्री केजरीवाल पक्राउ परेपछि भारतमा निष्पक्ष चुनावबारे चिन्ता बढेको छ। एजेन्सी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .