कारोबार


ढोलाहिटीमा २ जनालाई चक्कु प्रहार गर्ने व्यक्ति ‘भगाउने’ गुरुङले गरे आत्मसमर्पण

ढोलाहिटीमा २ जनालाई चक्कु प्रहार गर्ने व्यक्ति ‘भगाउने’ गुरुङले गरे आत्मसमर्पण

आरोपी तेह्रथुमका राजु गुरुङ


नेपालखबर
चैत २०, २०८० मंगलबार १७:३८, काठमाडौँ

ललितपुरको ढोलाहिटीमा दुई जनामाथि चक्कू प्रहार गरी हत्या भएको घटनामा संलग्न रहेका आरोपीले आत्मसमर्पण गरेका छन्। 

घटनामा संलग्न रहेका आरोपी तेह्रथुमका राजु गुरुङले मंगलबार दिउँसो जिल्ला प्रहरीपरिसर ललितपुरमा आत्मसमर्पण गरेको ललितपुरका प्रहरी प्रवक्ता एसपी नरेश सुवेदीले बताए। 

ढोलाहिटीस्थित डी पोपिना रेस्टुरेन्टमा होटल सञ्चालकले नै चक्कू प्रहार गरी पाँचथर घर भई खुमलटार बस्ने २९ वर्षीय पुजन राई र सुनसरीको धरान भई ढोलाहिटी बस्ने २८ वर्षीय रेवश राईको हत्या भएको थियो। 

सोही घटनामा संलग्न देखिएका अन्य त्यसै राति पक्राउ परे पनि गुरुङ फरार थिए। 

अब उनलाई पनि थप अनुसन्धानका लागि चापागाउँ बृत्त पठाउने एसपी सुवेदीले बताए। गुरुङले दुई जनालाई चक्कू प्रहार गर्ने विजय राईलाई घटनास्थलबाट भगाएका थिए। 

दुई समूहको बीचमा विवाद हुँदा होटल सञ्चालक समेतथ जोडिएका थिए। अब यो मुद्दामा गुरुङसहित ५ जनाविरुद्ध अनुसन्धान अगाडि बढ्ने भएको हो। 

होटलका सञ्चालक खोटाङको साकेला गाउँपालिका २ सेखुवा घर भई हाल ललितपुरको जैनखेल बस्ने ३१ वर्षका विजय राई र सोही होटलका सञ्चालक खोटाङकै साकेला गाउँपालिका २ रतन्छा घर भई हाल ललितपुर १५ खुमलटार बस्ने ३० वर्षीय सुलभ राईलाई पक्राउ गरेर अनुसन्धान अगाडि बढाएको एसएसपी खनालले बताए। 

विशालले दुवै जनालाई चक्कु प्रहार गरेको प्रहरीको प्रारम्भिक निष्कर्ष छ। 

यस्तै होटलमा विवादको सुरुवात गर्ने भोजपुरको ट्याम्केमयुङ गाउँपालिका २ घर भई ललितपुर महानगरपालिका २६ जैनखेल बस्ने ३८ वर्षीय विशाल हाङ मुकारुङ राई र काठमाडौँको गोकर्णेश्वर नगरपालिका ११ घर भई ललितपुरको महालक्ष्मी नगरपालिका ६ सानागाउँ बस्ने २५ वर्षीय छेङ्विहाङ राईविरुद्ध पनि कर्तव्य ज्यानको कसुरमा म्याद थप गरेर अनुसन्धान अगाडी बढाएको छ। 

घटनालगत्तै प्रहरीले १८ जनालाई पक्राउ गरेको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .