ह्याम्स अस्पतालले वार्षिकोत्सवको अवसरमा बृहत् सामाजिक हितको लागि ‘स्वास्थ्य सबैको सरोकार’ भन्ने नारासहित संवाद तथा छलफल कार्यक्रम आयोजना गर्ने भएको छ।
अध्यक्ष रामशरण भण्डारीका अनुसार अस्पतालले यही चैत ३० गते बिहान १०ः३० बजेदेखि होटल अकामा, धुम्वाराहीमा ‘संवाद शृंखला–१’ सञ्चालन गर्ने भएको हो।
तीन सत्रमा विभाजित कार्यक्रममा दुई चुनौतीहरुबारे बृहत् छलफल गरी समाधानका लागि निष्कर्षसहित सुझाव निकाल्ने उद्देश्य रहेको अस्पतालले जनाएको छ। छलफलमा सम्बन्धित क्षेत्रका विज्ञ, सरोकारवाला निकाय तथा प्रतिनिधिसभा सांसदहरु सहभागी हुनेछन्।
यसअनुसार पहिलो सत्र “भेप/ई–सिगरेट : बढ्दो गंभीर स्वास्थ्य चुनौती”, दोस्रो सत्र : “स्वास्थ्य क्षेत्रको जनशक्ति उत्पादन तथा पलायनका चुनौतीहरु” र तेस्रो सत्र : पहिलो २ सत्रको सारांश तथा उप–प्रधान तथा स्वास्थ्य तथा जनसंख्या मन्त्रीबाट प्रमुख मन्तव्य रहनेछ।
कार्यक्रमबाट छलफलका क्रममा आएका सुझावहरु लिपिबद्ध गरी स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा आवश्यक कायार्थ पेश गरिने अस्पतालले जनाएको छ।
Shares
प्रतिक्रिया