प्रमुख सत्तारुढ नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली बिहीबार ताप्लेजुङको उत्तरी नाका ओलाङचुङगोला पुगेका छन्।
निर्माणाधीन सडक र चीनसँग जोडिएको सीमाक्षेत्र अवलोकनका लागि उनी त्यहाँ पुगेका हुन्।
ओलीसँग रक्षामन्त्री हरि उप्रेती र भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठ पनि छन्।
ओलीलाई स्वागत गर्न ताप्लेजुङबाट प्रतिनिधि सभा सदस्य तथा एमाले सचिव योगेश भट्टराई पनि ओलाङचुङगोला पुगेका छन्।
ओलीले ओलाङचुङगोलाका स्थानीयबासीसँग संवाद कार्यक्रम पनि गरेका छन्। उनलाई त्यहाँ स्थानीयबासीले विविध सांस्कृतिक कार्यक्रमसहित स्वागत पनि गरेका छन्।
ओलीलाई ओलाङचुङ्गोलामा स्थानीयबासीसहित एमाले कार्यकर्ताहरूले स्वागत गरेका छन्।
ओलीले तमोर करिडोरको अवलोकनसँगै टिप्तला नाकाको अवस्था पनि हेर्ने भएका छन्।
117
Shares
प्रतिक्रिया